भदौ ४, दाङ । राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गरेको घरदैलो तथा सदस्यता अभियान जारी रहेको छ । यसै क्रममा तुलसिपुर उमनपा १७ मा यो अभियान सम्पन्न भएको जिल्ला अध्यक्ष गणेश आचार्यले हामीलाई जानकारी दिनुभएको छ ।
अभियानको क्रममा पार्टीका नेता कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर जनताका समस्या बुझ्नुका साथै राज्यबाट प्राप्त सेबा सुबिधा तथा बिकासका कामहरुको प्रभाबकारीताको बारेमा बुझ्न, पार्टीको बिचार बुझाउने, देशको बर्तमान अबस्थाको बिषयमा जानकारी गराउने र रुचि हुनेलाई पार्टीको सदस्यता दिने काम गरिरहनु भएको छ ।
घरदैलोको क्रममा जनताबाट राजनीतिक पार्टीप्रतिको आक्रोश सुन्न परेको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष आचार्यले जनाउनु भएको छ । हामीले बेलामा कुरा बुझ्न सकेनौं खास देश र जनताको पार्टी राष्ट्रिय जनमोर्चा नै रैछ । उसले जे भन्यो त्यही त्यही भएको छ । त्यसैले यो पार्टीलाई समर्थन नगर्ने हो भने देश नै संकटमा पर्ने जस्तो भयो भन्ने जनताको अभिब्यक्ती रहेको थियो । उहाले अगाडि थप्नु भयो– ‘जिल्ला अध्यक्ष गणेश आचार्य को नेतृत्वमा भएको अभियानमा जिल्ला कोषाध्यक्ष तथा नगर अध्यक्ष स्यामलाल पोख्रेल, जिल्ला सह सचिब ऋषिराम पौडेल, सदस्य सुशील पोख्रेल, नगर उपाध्यक्ष ढुण्डिराज खनाल, सदस्य बेगम बिस्ट, बिस्ना पौडेल, उमानन्द खनाल, रुकुम भण्डारी, देबिराम भण्डारी, बाशुदेभ पौडेल, लगायतको हसभागिता रहेको थियोे ।