विध्यार्थी नगर पुनर्गठन

0
210

रोपड, १९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोपड नगर समितिद्धारा संचालित अखिल भारत नेपाली विद्यार्थी संघ रोपडको नगर भेला सम्पन्न भएको छ ।

प्रवासी नेपाली विद्यार्थीहरुको समस्या तथा विद्यार्थी आन्दोलनको भूमिका लगायतका विषयहरुमा व्यापक चर्चा परिचर्चा पछि समितिको पुर्नगठन गरिएको हो ।

नगर अध्यक्ष मनिराम सापकोटा, सचिव विष्णु गुरुङ, महिला विभागकी खगी थापा, जनजाति क्षेत्रीय विभागका विल वहादुर गुरुङको विषेश उपस्थितिमा सम्पन्न भेलाले मदन थापा (राजु)को अध्यक्षतामा रोपडमा विद्यार्थी संघको नगर समिति पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष– विक्की गुरुङ, सचिव– विशाल कार्की, सहसचिव– दिव्य गुरुङ र कोषाध्यक्ष– जीवन सापकोटा रहेका छन् । त्यस्तै सदस्यहरुमाः विकास सापकोटा, सुनील, ज्योति, रेनु थापा, कमला सारु, सोहना लुङ्गेली, मिनु थापा, दिव्या मुखिया, निर्मल राना, लोकेन्द्र थापा, अर्जुन सापकोटा, सुरज, नविन गुरुङ, जीतबहादुर सारु र आकाश सारु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here