नविन बस्याल र सीता थापाको प्रगतिशिल तीजि गीत ‘नारी अधिकार’ (अडियो सहित)

0
555

भदौ २, काठमाडौं । समाजमा भएको चर्को छाडा गित संगितलाई चुनौती दिंदै धमाधम प्रगतिशिल तीजि गीत बाहिर आएका छन् । हिंजो मात्रै रक्तिमकी जनवादी गायीका निलीमा पुनको रचना तथा स्वर रहेको “गाउँ गाउँ” जारी भएसँगै नविन बस्याल र सिता थापाको “नारी अधिकार” आज बाहिर आएको छ ।

समाजमा प्रचलित रुढीवादी अन्धविश्वास, कुरीति, कुसंस्कारका विरुद्ध धावा बोल्दै, ओमानमा रोजगारीका लागि रहनु भएका टुका राम दास द्वारा रचना गरिएको “नारी अधिकार” स्थायी रहेको तिजी गीत बाहिर आएको हो । गीतमा रक्तिमका कलाकारहरु नविन बस्याल र सिता थापाले सुमधुर मिठो स्वर दिएका छन् । म्यूजिक एरेन्ज हेमराज आश्रमले गरेका छन् ।

‘प्रिज्मा रेकर्डिग स्टुडियो’मा रेकर्ड भएको यो गीतमा रचनाकारले नारीहरुले अझै पनि अधिकार नपाएको विषयको उठान गरिए पनि सिमाना मिचिएकाले बचाउन सबै देशभक्त नेपालीहरुलाई उठ्न आव्हान समेत गरेका छन् । त्यस्तै अखण्ड नेपाल राष्ट्रलाई जोगाउन हिमाली, पहाडी, मधेशी सबै मिलेर लाग्नु पर्ने समेत यो गीतको प्रमुख सन्देश रहेको छ ।

नारीलाई शोषण दमनहरु
अझैनी छन् है गाउँ गाउँमा
सम्मान अधिकार पाउनलाई
चेतना जगाउँहै ठाउँ ठाउँमा

श्रृष्टि हुन् नारी महान जाति
आमा छोरी, बुहारी, श्रीमती
हुँदैन श्रृष्टी नारी विना
शोषित नबनौं नारी जाति

जुटौं लौनारी मुक्तिको लागि
स्वतन्त्र भएर बाच्नलाई
फेर्नु छ संसार हामी मिली
जाग्नु छ इतिहास रच्नलाई

डाक्टर छन् नारी पाइलट, इन्जीनियर
नहटौं पछि कुनै देशमा
महिला नि सेना, आर्मी पुलिस
अघि बढौं मिलेर आफ्नै देशमा

विस्तारवादले सिमा मिच्दैछ
जाई लागौं भूमि बचाउन
नारी हो काँधमा काँध मिलाउ
राष्ट्रलाई हामी सजाउन

अखण्ड हाम्रो नेपाली माटो
जोगाउन व्यूझौं है सबै जाति
डटेर लागौं है यो बाटो
मिलेर जुटौं है सबै भाषी
मिलेर जुटौं है हिमाली
मिलेर जुटौं है पहाडी
मिलेर जुटौं है मधेशी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here