रक्तिमले प्रशिक्षकका लागि प्रशिक्षण चलाउने

0
164

काठमाडौं । प्रगतिशील सांस्कृतिक आन्दोलनको नायक सङ्गठनका रूपमा परिचित रक्तिम सांस्कृतिक अभियानले सांस्कृतिक विधाका विविध विषयमा प्रशिक्षण दिनका लागि प्रशिक्षकहरु तयार गर्न केन्द्रीय स्तरम “प्रशिक्षक प्रशिक्षण कार्यक्रम” सञ्चालन गर्ने भएको छ ।

रक्तिमका केन्द्रीय अध्यक्ष तथा जनगायक जीवन शर्माको अध्यक्षतामा २०७५ साउन २७ गते कैलाली जिल्लाको टिकापुरस्थित बनाना रिर्सोटमा सम्पन्न रक्तिम सांस्कृतिक अभियान केन्द्रय समितिको बैठकले प्रशिक्षक प्रशिक्षणको सो कार्यक्रम तय गरेको हो ।

बैठक पश्चात् महासचिव नारायण योगीद्वारा २०७५ साउन २८ गते जारी विज्ञप्तीमा जनाइए अनुसार उक्त प्रशिक्षण कार्यक्रम २०७५ असोज ३ देखि ९ गतेसम्म रूपन्देहीको बुटवलमा सञ्चालन गरिने छ । उक्त प्रशिक्षणको तयारीका लागि बैठकले महासचिव नारायण योगीको संयोजकत्वमा पााच सदस्यीय प्रशिक्षक प्रशिक्षण शिविर व्यवस्थापन समिति पनि गठन गरेको छ, जसमा उपाध्यक्ष जीवन शाही, सचिव दल बहादुर विक र केन्द्रीय सदस्यहरु लक्ष्मी रिजाल र डमर भण्डारी सदस्य रहनु भएको छ ।

वैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारीमा सामान्य फेरबदल गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ, जस अनुसार केन्द्रीय सदस्यहरु सुमन रोका मगर र ओम श्रीसलाई उहााहरुले पदमा रहेर अहिलेसम्म पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवाद दिदै केन्द्रीय सदस्य पदबाट विदाइ दिइएको छ । रिक्त पूर्ण केन्द्रीय सदस्यमा बैठकले रक्तिम यू.ए.ई. का पूर्व अध्यक्ष डमर भण्डारी र वैकल्पिक केन्द्रीय सदस्य हेमराज पुनलाई चयन गरेको जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै रिक्त वैकल्पिक केन्द्रीय सदस्यमा रक्तिम कास्कीका अध्यक्ष विमल पाण्डेलाई चयन गरिएको विज्ञप्तीमा जनाइएको छ ।

रक्तिम केन्द्रको उक्त बैठकले सङ्गठनको स्वरूपलाई प्रादेशिक ढाचामा लैजाने निर्णय समेत गरेको छ, जस अनुसार रक्तिमको सोही बैठकले १ नम्वर प्रदेश वाहेक छ वटै प्रदेशहरुका लागि प्रदेश समन्वय समिति समेत गठन गरेको छ । गठित समितिको ७ नम्बर प्रदेश समिति संयोजकमा लक्ष्मी रिजाल, सहसंयोजकमा धर्मदेवी पन्त, कर्णाली प्रदेश समितिको संयोजकमा जीवन शाही, ५ नम्बर प्रदेश समितिको सयोजकमा धनिराम भण्डारी, सहसंयोजकमा समिर विक, गण्डकी प्रदेश समितिको संयोजकमा भरत श्रेष्ठ र सहसंयोजकमा दल बहादुर विक, ३ नम्बर प्रदेश समिति संयोजकमा निलिमा पुन र सहसयोजकमा हेमराज पुन र २ नम्बर प्रदेश समितिको संयोजकमा रोहित मोक्तान र सहसंयोजकमा शोभा गोपाली रहनु भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकले भदौ र असोज महिनामा देशका विभिन्न भागहरुमा विविध सांस्कृतिक विषयमा विचारगोष्ठी सञ्चालन गर्ने, आगामी दिपावलीका बेला रक्तिमका सबै जिल्ला समितिले आ–आफ्नो जिल्लामा अनिवार्य रूपमा देउसीभैलो कार्यक्रम सञ्चालन गर्नु पर्ने लगायतका निर्णय समेत गरेको महासचिव योगीद्वारा जारी उक्त विज्ञप्तीमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here