यो सरकार समाजवाद उन्मुख छैन : नेपाली

0
259

बुटवल । राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव एवं पूर्व सांसद सन्तबहादुर नेपालीले वर्तमान सरकार समाजवाद उन्मुख नरहेको बताउनु भएको छ ।

राजमो रुपन्देहीले संचालन गरेको प्रचारात्मक सभालाई २०७५ साउन २५ गते देवदहको खैरेनीमा सम्बोधन गर्दै राजमोका पूर्व महासचिव नेपालीले उक्त कुरा बताउनु भएको हो । “संविधानमा समाजवाद उन्मुख शब्द उल्लेख गरिए पनि वर्तमान सरकार समाजवाद उन्मुख छैन ।” पूर्व महासचिव नेपालीले भन्नुभयो–“सरकारको नीति तथा कार्यमक्रम समाज उन्मुख छैन । सरकारका क्रियाकलाप र पछिल्ला निर्णयहरुमा पनि कतै समाजवाद उन्मुख कार्यक्रमको गन्ध भेटिदैन ।” सम्बोधनका क्रममा उहााले संघीय प्रणाली खारेज गर्नु पर्नेमा जोड दिनुभएको छ । “अहिले जनताको ढाडै सेक्ने गरी चौतर्फी रुपमा जसरी कर बृद्धि गरिएको छ यसको मूल कारण संघीयता नै हो ।” उहााले भन्नुभयो “संघीयता नेपाली जनताको माग होइन, यसले नेपाली जनताको टाउकोमा यसै गरी आर्थिक भार थोपर्दै जानेछ । संघीयता खारेज नगर्दासम्म अनेक बहानामा यसैगरी कर बृद्धि गर्दै लगिने छ । यसर्थ करबृद्धि विरुद्धको आन्दोलनलाई हामीले संघीयता खारेजीको चरणसम्म उठाइनुपर्दछ ।”

सभा राजमो रुपन्देहीका हरि के.सी.को अध्यक्षतामा अघि बढेको थियो ।सभालाई राजमो रुपन्देहीका सचिव दिपक पौडेल र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार राम कुमार क्षेत्री लगायतले समेत सम्बोधन गर्नु भएको थियो । सभाको संचालन राजमो रुपन्देहीका सदस्य लक्ष्मी योगीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here