रक्तिम कैलालीको जिल्ला सम्मेलन तयारी तीव्र गतिमा

0
785
धनगढी । रक्तिम सांस्कृतिक अभियान कैलालीले दोस्रो जिल्ला सम्मेलनकिो तयारी तीब्र गतिमा अगाडि बढाएको छ । रक्तिम कैलालीले २०७५ साउन २५ र २६ गते दोस्रो जिल्ला सम्मेलन आयोजना गरेको छ । सम्मेलन उद्घाटन गर्न रक्तिमका केन्द्रीय अध्यक्ष तथा जनगायक जीवन शर्मा धनगढी आउने हुने बताइएको छ । रक्तिम कैलालीले दोस्रो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाएको जनाएको छ ।
“दोस्रो जिल्ला सम्मेलन ऐतिहासिक बनाउने गरी हामीले तयारी अगाडि बढाएका छौं ।” रक्तिमका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष बाबुराम आचार्यले भन्नुभयो–“सम्मेलन उद्घाटन गर्न हाम्रा केन्द्रीय अध्यक्ष जनगायक जीवन शर्मा आउने निश्चित भैसकेको छ । सम्मेलन स्थलको छनौ“ट र अन्य व्यवस्थापकीय काम पनि लगभग पूरा भैसकेका छैन । हामी विश्वस्त छौं–दोस्रो जिल्ला सम्मेलन एक अविस्मरणीय सम्मेलनका रुपमा इतिहासका पानामा अंकित हुनेछ ।”
दोस्रो जिल्ला सम्मेलन तयारीकै क्रममा रक्तिम कैलालीले जिल्लाका विभिन्न क्षेत्रहरुमा बैठक तथा भेला गरी संगठनको विस्तार गरेको छ । यसै सिलसिलामा असार २३ गते गोदाबारी नगरपालिकामा रक्तिमको नगर भेला सम्पन्न भएको छ । रक्तिमका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बाबुराम आचार्य र जिल्ला सचिव चक्र चनाराको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । भेलाले कैलास वि.क.को संयोजकत्वमा रक्तिमको ९ सदस्यीय नगर भेला आयोजक समिति गठन गरेको छ । समितिको सचिव जेनी पाण्डे र सदस्यहरुमा करण वि.क., युगान्त आचार्य, स्वस्तीका बोहरा, सागर वि.क., नरेस वि.क. र राहुल नेपाली रहनुभएको छ । समितिको एक स्थान रिक्त रहेको छ ।
यस्तै २०७५ असार २४ गते   धनगढी उपमहानगर पालिकाको वडा नम्बर १३ मा बाबुराम आचार्य र चक्र चनाराको  विशेष उपस्थितिमै रक्तिमको इकाई समिति गठन गरिएको छ । गठित समितिको अध्यक्ष पवित्रा बडु रहनुभएको छ । ११ सदस्यीय सो समितिको सचिवमा मनिष भट्ट र कोषाध्यक्ष नेत्रा कुमाल रहनुभएको छ । समितिका सदस्यहरुमा हेलिना कुँवर, सिता चन्द, घनश्याम पुन, करिस्मा राना, जनक राना, सुम्निमा भट्ट र संगीता राना रहनुभएको छ । समितिको एक स्थान रिक्त राखिएको छ । यस्तै सोही उपमहानगरपालिकाको वडा नम्बर १८ मा २९ असार मा रक्तिमको सम्पर्क समिति गठन गरिएको छ । ३ सदस्यीय सो सम्पर्क समितिको संयोजकमा सन्तोष वि.क. रहनुभएको छ । सदस्यहरुमा लक्ष्मी चनारा र विशाल चनारा रहनुभएको छ । यस्तै ३० असारमा घोडाघोडी नगरपालिकाको वडा नम्बर २ साडेपानीमा किरण शाहीको अध्यक्षतामा रक्तिमको वडा इकाई समिति गठन गरिएको छ । जसको सचिव पुष्पराज शाही र कोषाध्यक्ष रुपा वि.क. रहनुभएको छ । सदस्यहरुमा धिरेन्द्र कार्की, विनोद तिरुवा, राजेश शाही, प्रमिता बोहरा, गुन्जन शाही, अस्मिता महतरा र यमुना शाही रहनुभएको छ । सो समितिको सल्लाहकारमा रमण शाही, कमल शाही, नविन सिंह, मनिस शाही र पियुस शाही रहनुभएको छ ।
दोस्रो जिल्ला सम्मेलनको तयारीकै सिलसिलामा रक्तिम कैलालीले २०७५ असार ३० गतेका दिन लम्कीचुहा नगरपालिकाको वडा नम्बर २ मा रक्तिमको १३ सदस्यीय वडा समिति गठन गरिएको छ । गठित समितिको अध्यक्ष मिना धमला, उपाध्यक्ष युवराज शाही, सचिव सिता रोकाया र कोषाध्यक्ष रोसना वडवाल रहनुभएको छ । समितिका सदस्यहरुमा सुजन भण्डारी, विनोद धमला, मिन बहादुर बडवाल, शिल्पा बडवाल, डोल्मा शाही, जयन्ती धमला, कवि बडवाल, दुर्गा धमला र सिर्जना बड्वाल रहनुभएको छ ।
यसैगरी २०७५ साउन ११ गतेका दिन गौरीगंगा नगरपालिकाको वडा नम्बर ३ कालापानी टोलमा रक्तिमको ११ सदस्यीय टोल समिति गठन गरिएको छ । गठित समितिको अध्यक्ष प्रेम आचार्य, उपाध्यक्ष मिना कंडेल, सचिव देवी सापकोटा र कोषाध्यक्ष भूमिका कंडेल रहनुभएको छ । समितिका सदस्यहरुमा महेन्द्र सापकोटा, युवराज आचार्य, सुधन कंडेल, इन्द्रराज कंडेल, जीवन सापकोटा, पुष्पा आचार्य र कल्पना सापकोटा रहनुभएको छ ।
त्यसैगरी टिकापुर नगरपालिका वडा नं. १ मा १२ असारमा रक्तिमको ९ सदस्यीय वडा समिति गठन गरिएको छ । गठित समितिको अध्यक्ष सिर्जना परियार रहनुभएको छ भने सचिव सरिता परियार र कोषाध्यक्ष अमृता रावत रहनुभएको छ । समितिका सदस्यहरुमा प्रमिला शिलाधर, अनिता नेपाली, मुस्कान परियार, दिपिका कठरिया र सिद्धार्थ परियार रहनुभएको छ । उक्त सबै स्थानहरुमा रक्तिमका समितिहरु गठन गर्दा रक्तिमका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष बाबुराम आचार्य र कैलाली जिल्ला सचिव चक्र चनाराको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here