राष्टव्यापी निबन्धलेखन प्रतियोगिता हुने

0
1082

काठमाडौं । आधारशीला कलेजको साहित्य विभागले साहित्य पठन तथा लेखनसम्बन्धी अभिरुचि जगाई विद्यार्थीहरूका क्षमता अभिबृद्धिका लागि यससँग सम्बन्धित विविध किसिमका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

आधारशीला साहित्य विभागले साहित्यिक शृङ्खलाको नियमित कार्यक्रम अन्तर्गत मासिक रूपमा काव्यगोष्ठी, अन्तक्रिया, पुस्तक विमोचन, पुस्तकचर्चा लगायतका कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको छ । यसै सन्दर्भमा आधारशीला साहित्य विभागले आगामी १४औँ शृङ्खलामा (श्रावण २६ गते शनिबार, बिहान ८ बजेबाट ) राष्ट्रिय स्तरमा निवन्ध लेखन प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त निबन्ध लेखन प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको बीचमा प्रतिस्प्रधा हुनेछ । युवाहरूमा सामाजिक संजालको प्रभाव, सामाजिक रुपान्तरणमा मेरो भूमिका र वैदेशिक रोजगार र बौद्धिक पलायन गरी तीन बिषयमध्ये कुनै एक विषयमा छनोट गरी हुने सो निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई रु दश हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार तथा सान्त्वना दुई जनालाई रु.एक हजार पाँचसय सहित प्रमाणपत्र प्रदान गरिने जानकारी हुन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here