प्रदेशमा तिम्रो याद आउँदा आँशु आउँछ आमा
तिम्रो हातको खान नपाउँदा आँशु आउँछ आमा
आतिन्छ मन मडारिन्छ धड्कन बेहोस हुन्छ आत्मा
तिम्रै शब्दको गीत लेखी गाउँदा आँशु आउँछ आमा
बिहान दिउस साँझ काम गरि थाकिएर लथरक्क हुँदा
त्यसैमा साहुले पिरो बचन लाउँदा आँशु आउँछ आमा
साथी भाई छन मनोरंञ्जन छ दिन काटिन्छ सहजै तर
तिम्रो मिठो बचन सुन्न नपाउँदा आँशु आउँछ आमा
प्रदेशमा तिम्रो याद आउँदा आँशु आउँछ आमा
तिम्रो हातको खान नपाउँदा आँशु आउँछ आमा
नवीन बस्याल, प्यूठान
हाल जापान