इरोडको ९ औं सम्मेलन सम्पन्न

0
362

इरोड, ०९ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इरोड नगर समितिको ९ औं नगर सम्मेलन सम्पन्न भएको छ । उद्घाटन समारोहको सञ्चालन सावित्रि ढकालले र अध्यक्षता भिमलाल शर्माले गर्नुभएको थियो । केन्द्रीयसदस्य हरि बहादुर खत्रीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । क्षेत्रीय सदस्य खिमानन्द उपाध्यायले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

सम्मेलनका विशिस्ट अतिथि राजमो केन्द्रीय कार्यालय ब्यबस्थापन समिति सदस्य कुलबहादुर थापाले देशको समसामयिक राजनीतिक अबस्थाका बारेमा मन्तव्य दिनुभएको थियो । उहाँले नेपालका ठुला भनाउँदा पार्टीका नेताहरूको अदुरदर्शितका कारण देशले मुहार फेर्न नसकेको जिकिर गर्दै, मत दिएर जिताउने जनताले मलमसम्म नपाएको स्मरण गराउनुभयो ।

सम्मेलनले भवानी प्रसाद लामिछानेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– भिमलाल शर्मा, सचिव– डम्बरबहादुर जिसी, सहसचिव– खेमनाथ शर्मा र कोषााध्यक्ष– खिमानन्द उपाध्याय रहेका छन् । त्यस्तै सदस्यमा: सावित्रि ढकाल, भुमिश्वर ढकाल, शुरेस थापा, गंगादेवी, वैकल्पिक सदस्यहरुमा: देवी कुमारी लामिछाने, सुदा शर्मा र रुकमान शर्मा रहेका छन् । त्यस्तै सम्मेलनले इन्द्र प्रसाद शर्मा, दुर्गा देवी र नवराज शर्मालाई सल्लाहकार चयन गरेको छ । नयाँ समितिको घोषणा केन्द्रीय समितिका सदस्य हरि बहादुर खत्रीले गर्नुभएको थियो ।

हरि बहादुर खत्री, कुल बहादुर थापा, अखिल नेपाल महिला संघ कास्की जिल्ला उपाध्यक्ष जमुना खत्री, दक्षिण भारत क्षेत्रीय सदस्य बिरे थापा, दक्षिण भारत क्षेत्रीय विद्यार्थी संघकी कुमारी थापा, साँस्कृतिक बिभागका बल बहादुर विक, केन्द्रीय पार्शद सदस्य रविशंकर शर्मा, निलगिरी नसबाट जगत हमाल र कोयम्मतुर नसबाट गोपाल शर्माले नवनिर्वाचित समितिलाई वधाई दिनुभएको थियो ।

घोषणा सभाको अध्यक्षता खेमनाथ शर्माले र सञ्चालन डम्बरबहादुर जिसिले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई भवानी प्रसाद लामिछाने र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभयो । कार्यक्रमको अन्तमा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


हरि बहादुर खत्रीलाई विदाई

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इरोड नगर समितिले केन्द्रीय सदस्य हरि बहादुर खत्रीलाई इरोड नगर समितिले माल्याप्रण गरि दोसल्ला ओढायर बिदाइ गरेरको छ । कार्यक्रमको अध्यक्षता खेमनाथ शर्माले सञ्चालन खिमानन्द उपाध्यायले, स्वागत भाषण भवानी प्रसाद लामिछाने र रक्तिमका कलाकारहरुले गर्नु भएको थियो । साथै भिमलाल शर्मा, साबित्री ढकाल, रुकमान शर्मा, गोपाल शर्मा, जगत हमाल, बिरे थापा, कुमारी थापा र कुल बहादुर थापाले बधाई मन्तव्य राख्नु भएको थियो । हरि बहादुर खत्रीले स्वदेशमा फर्किर पनि लगातार संगठनको कार्यक्रममा सक्रिय रहने बताउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here