फेरी अर्को तानाशाही भोग्न चाहँदैनौं : पौडेल

0
690

रायगढ नगर समितिको ८औं सम्मेलन सम्पन्न

रायगढ, ९–१० जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढ नगर समितिको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।
उद्घाटन मन्तव्यमा पौडेलले देशको समसामयीक राजनीतिक विषय र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा नेपालीहरु बीच खेल्दै आएको सामाजिक सदभावका साथै जनचेतनाको सवालमा समेतल महत्वपूर्ण योगदान रहेको बताउनु भएको थियो ।
भारत प्रवासमा छरिएर रहेका नेपालीहरुका बीचमा एकता समाजले आफ्नो स्थापना कालदेखि नै आम नेपाली श्रमजिवीहरुको पक्षमा निरन्तर संघर्षरत रहेको पौडेलले बताउनु भयो । “दिल्लीको सुमित्रा हत्याकाण्ड देखि, पञ्जावको पोल्ट्रीफारममा पुरिएको नेपालीलाई न्याय दिने सवालमा समेत एकता समाज अग्रस्थानमा रह्यो ।”  पौडेलले भन्नु भयो– “गान्धिनगरमा तन्दुरमा पोलिएको नेपालीलाई न्याय दिलाउने काममा मात्र नभई, नोएडाको चर्चित हेमराज आरुषी हत्याकाण्डमा निर्दोष नेपाली श्रमिकहरुलाई आरोप लगाई फसाउने कार्यको भण्डाफोर गर्दै सिविआईबाट मुक्त गराउने सवालमा समेतल एकता समाजले अग्रिण स्थान भूमिका खेल्यो ।”
भारतमा नेपालीहरु १९५० को नेपाल–भारत मैत्री सन्धि अनुसार आवत जावत गर्नुका साथै रोजगारी गर्ने, सम्पत्ति आर्जन गर्ने, सुविधा उपभोग गर्नेसम्मको प्रावधान रहँदा रहँदै पनि वर्तमानमा नेपालीहरुलाई आधारकार्डको अभावमा समस्या उत्पन्न भएको पौडेल बताउनु भयो । आफूहरुले दुबै देशका सरकारको आधार कार्डको अभावमा नेपालीहरुले झेल्नु परेका समस्याका बारेमा लगातार आवाज उठाउँदै आएको समेत पौडेलले बताउनु भयो ।
देशको वर्तमान राजनीतिक बारे बोल्दै पौडेलले– “नेपाली जनताको आकांक्षा विपरित लादिएको संघीयताले नेपाली जनतालाई रुवाउने छ ।” भन्नु भयो– “जब जनतालाई नै त्यो व्यवस्था उपयुक्त लागिरहेको छैन भने जनताले नै उखेलेर मिल्काई दिनेछन् ।”
कार्यकारी प्रमुख राष्ट्रपती भएमा देशले पुन २३८ वर्षे राजतन्त्र भन्दा पनि कठोर तानाशाही व्यवस्था भोग्नु पर्ने बताउनु भयो । पौडेलले भन्नु भयो– “हामीले २३८ वर्षसम्म राजतन्त्रात्मक तानाशाही व्यवस्था भोगेर यहाँसम्म आईपुगेका छौं, अव फेरी अर्को तानाशाही भोग्न चाहँदैनौं ।”
श्याम त्रामुको अध्यक्षता तथा जितमान सिंजालीको सञ्चालनबाट अगाडि बढेको सो उद्घाटन समारोहमा उपस्थित जनसमुदायलाई लिलाम्बर सिंजालीले स्वागत गर्नुभएको थियो ।
केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, क्षेत्रीय उपाध्यक्ष टंक कुंवर र अनन्त राहाडीले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले जितमान सिंजालीको अध्यक्षतामा १५ पूर्ण ४ वैकल्पिक र ६ सल्लाहकार गरि २५ सदस्यीय रायगढ नगर समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– रण बहादुर बोगटी, सचिव– केशव गाहा, सहसचिव– शेर बहादुर थापा र कोषाध्यक्ष– शान्त बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यमा: श्याम त्रामु, दिनेश वाग्ले, गोपाल थापा (क), तिलक राना, तिलक गोतामे, पूर्ण थापा, केशर बोगटी, गिरु थापा, नेत्र कंडेल, खुम बहादुर गोदार, वैकल्पिक सदस्यमा हुम बहादुर थापा, भिम बगाले, गोपाल थापा (ख) र धुर्व अर्याल रहेका छन् । त्यस्तै सम्मेलनले चन्द्र खनाल, देवीराम राहाडी, देव बहादुर कुंवर र लाल बहादुर गाहालाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको दुई स्थान रिक्त राखिएको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गर्नुभएको थियो ।
केन्द्रीय समितिका सचिव इन्द्र भेटाल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष खुम बहादुर पुन, क्षेत्रीय उपाध्यक्ष टंक कुंवर, क्षेत्रीय समितिका मोहन ठकुल्ला, अनन्त राहाडी, रक्तिम केन्द्रीय विभागका बोम बहादुर सिंजापति, महिला क्षेत्रीय संयोजक रेणुका कुंवर, रक्तिम परिवारकी उषा थापा, अलिबाग नगर समितिका मधु पुन, तारापुर नगर समितिका ज्ञान प्रसाद भट्टराई, प्रवासी नेपाली संघ भारतबाट ठानेश्वर भट्टराई लगायतले नवनिर्वाचित समितिलाई बधाई दिएका थिए ।
घोषणा सभाको अध्यक्षता लिलाम्बर सिंजालीले र सञ्चालन केशव गाहाले गरेका थिए । सम्मेलनमा सहभागि जनसमुदायलाई रण बहादुर वोगटी र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
कार्यक्रमको अन्तमा कलाकारहरुद्वारा भव्य साास्कृतिक कार्यक्रम प्रस्ततु गरिएको थियो ।

सम्मेलनका तस्विरहरु तल प्रस्तुत छ :


समाचार पढिसके पछि लाइक, शेयर र कमेण्ट अवश्य गर्नु होला । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here