प्रदेश सरकारको नीति कार्यक्रम पनि यथास्थितिवादी प्रकारको नै छ : तारा जिसी

0
930

जेष्ठ २६, बुटवल । प्रदेश नं ५ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेपछि त्यसमाथी छलफलमा भाग लिंदै राजमो की प्रदेश सांसद तारा जिसीले प्रदेश सरकारबाट प्रस्तुत नीति कार्यक्रम पनि यथास्थितिवादी भएको टिप्पणी गर्नु भयो ।

“समृद्ध प्रदेश खुसी जनता”को लक्ष्य पछाउने उदेश्य सहित प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश भित्रका जलविद्युत परियोजना देखि स्थानिय तहमा गरिने उत्पादनको विज्ञापन, ब्यवस्थापन तथा बजार प्रवद्धनको लागि औद्योगिक प्रर्दशनी मेलामा समेत निजि क्षेत्रको सहभागिता उल्लेख गरिनुले वर्तमान सरकार देश र प्रादेशीक हित भन्दा निजि स्वामित्वको पूंजीको विकासमा लक्षित भएको बताउनु भयो ।

संविधान मै उल्लेखित समाजवाद उन्मूख कार्यक्रमको सट्टा यथास्तिथिवादी भूमरीमा प्रदेशलाई धकेल्ने सरकारको नीति तथा कार्यक्रमले संकेत गरेको सांसद जिसीले जोड दिनु भयो ।

प्रदेशको विकाश र आत्मनिर्भरतामा कृषिको विकास महत्वपूर्ण भएको उल्लेख भएपनि कृषिको आधुनिकिकरण, ब्यावसायीकरण लगायत युवा तथा कृषकहरूलाई प्रोसाहित गर्न भूमिहिन किसानलाई करारमा जमिन उपलब्ध गराउने उल्लेख गरेर सिमित जमिन्दारको हातमा भएको हजारौं विघा जमिनको सुरक्षा गर्ने तर्फ लक्षित भएको तर हदबन्दी भन्दा बढी उब्जाउ जमिन जमिन्दारहरूबाट सरकारले अधिग्रहणगरी भूमिहिन किसानलाई वितरण गरी सामूहिक हित र कृषिमा प्रोत्साहित गरी आत्मनिर्भर प्रदेश बनाउने दिशामा सरकारको नीति तथा कार्यक्रम लक्षित नभएको सांसद जिसीले टिप्पणी गर्नु भयो ।

प्रदेशभरमा सबै भन्दा उत्पिडित र आधा भन्दा पनि धेरै संख्यामा रहेका महिलाहरूको हक अधिकारको बारेमा लैंगिक मूलप्रवाहिकरण र शशक्तिकरणबाट अधिकारको प्राप्तीको औपचारिकता मात्र उल्लेख गरिएकोछ, ब्यापकरूपमा बढ्दै गैरहेको महिला हिंसा निवारण र हक अधिकारको लागी प्रदेश देखि स्थानीय तहसम्म फास्ट ट्रयाकमा निर्णय गर्न पारिवारिक अदालतको गठन गरिनु पर्ने आवश्यकता समेत जिसीले औंल्याउनु भयो ।

हिमाल, पहाड र तराई सम्मिलित हाम्रो प्रदेश मिनि नेपालको रूपमा परिचित छ । ग्रामिणक्षेत्रको बाहुल्यता रहेको यो प्रदेशमा ग्रामिण पर्यटकको विकासले देश र प्रदेश विकासको लागि नयाँ आयाम थप्न सकिने जिसीको भनाई थियो ।

ऐतिहासिक, पूरातात्वीक, साँस्कृतिक तथा प्रयाग ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण पर्यटक स्थलहरूको पहिचानगरी त्यस्को विकासमा गुरूयोजना सहित ध्यानदिन आवश्यक रहेको जिसीको भनाई छ ।

नीति तथा कार्यक्रमको प्रारम्भ मै भनिएको छ प्रदेश सभा र प्रदेश सरकार जनताको त्याग, वलिदान र लामो संघर्षको उपलब्धि हो– तर संघको अवधारणा ०७ साल, ०१५ साल, ०३६ साल, ०४६ साल यहाँसम्म की २०६२–६३ को दोस्रो महान् जनआन्दोलनमा समेत कतै र कहिल्यै नउठेको भन्दै जिसीले जनताको आवाज वा माग नभएकोले, नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण दस्तावेजमा संघीयताको कुरा उल्लेख गर्नु सहि नभएको समेत बताउनु भयो ।

तारा जिसी विगतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभिन्न स्तरहरुमा कार्यरत रहँदै पछिल्लो समयमा समाजको केन्द्रीय सचिव हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here