उद्योग वाणिज्य संघ, दैलेखले बुझायो मूख्यमन्त्रिलाई ज्ञापन पत्र

0
407

जेठ २६,  दैलेख । उद्योग वाणिज्य संघ, दैलेखले आज कर्णाली प्रदेशका मूख्यमन्त्रि महेन्द्रबहादुर शाहीलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कूलबहादुर वि.क.को नेतृत्वमा गएको टोलीले मूख्यमन्त्रिको निवास वीरेन्द्र नगर सुर्खेतमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा पूर्वाधारतर्फ सुर्खेत वाट दैलेख सदरमुकाम हुदै दैलेख कालिकोट र जुम्ला, चीनसम्म जोडिने सडक खण्डमा आवश्यक बजेट थप गरी यथासिघ्र सडक निर्माण गरिनु पर्ने, दैलेख जिल्लालाई १३२ के.भी. विद्युत लाईन प्रशारण र विस्तार यथासिघ्र गरिनु पर्ने, दैलेख जिल्लाका किसानहरुलाई ब्यवशायिक किसान बनाउन सिचाँईको अति आवश्यक परेको छ ।

तसर्थ गुराँसे क्षेत्र, दुल्लु क्षेत्रमा मेगा प्राजेक्टको संभाब्यता, लोहरे र कर्णालीको पानी लिफट सिँचाई मार्फत सिचाँई सुविधा उपलब्ध गराउन बजेट विनियोजन गरिनु पर्ने, दैलेख जिल्लामा १ कोल्ड स्टोर्स, ११ वटै स्थानीय तहमा हाटबजार संचालन र स्थानीय उत्पादनको प्रदर्शनी गर्नका लागि स्थायी संरचना निर्माण गर्न वजेट विनियोजन गरिनु पर्ने माग राखिएको छ ।

संस्थागत विकास तर्फ र ५ लाख सम्म कारोवार गरिरहेका उद्योगी व्यवसायीहरुलाई पूर्ण रुपमा कर छुटको व्यवस्था र रु ५ लाख भन्दा १ करोड सम्मको कारोवार गर्ने उद्योगी व्यवसायीहरुलाई ५ लाख देखि २० लाख सम्म १ तह,  २० लाख देखि ४० लाख सम्म दोस्रो तह,  ४० लाख देखि ६० लाख सम्म तेस्रो तह र ६० देखि  १ करोड सम्म चौथो तह निर्धारण गरि सरकार र नीजि क्षेत्रको समन्वयमा आयकर निर्धारण गर्न, एक प्रदेशवाट अर्को प्रदेशमा पैठारी गरिने कृषि उपज तथा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको लागि आयात र निर्यातमा कुनै पनि कर नलाग्ने व्यवस्था गर्न, लघु, घरेलु तथा साना उद्यमीहरुले खरिद गर्ने प्रविधिमा कुनै प्रकारको पनि कर शुल्क नलगाउने नीति निर्माण गर्न, बैक तथा वित्तिय संस्थाहरुले लगानी गर्ने कृषि कर्जाको लागि बजार क्षेत्रको मात्र धितो लिइने गरेकोमा गाँउपालिकाहरुको धितोको पनि मूल्याङ्कन गरि परियोजनाका आधारमा ऋण दिने वित्तिय नीति लागु गर्न, संघको आयोजनामा मिति २०७५ फाल्गुण १७ देखि २७ सम्म कर्णाली प्रदेश स्तरिय महोत्सव तथा औधोगिक लगानी वर्ष २०७५ को लागि आवश्यक वजेट विनियोजन गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझदै मूख्यमन्त्रि महेन्द्रबहादुर शाहीले नीजि क्षेत्रसित सहकार्य गरी समृद्धि हाँसिल गर्ने योजनामा कर्णाली प्रदेश सरकार रहेकाले दैलेख उद्योग वाणिज्य संघले माग गरेका उचित मागहरु पुरा गर्ने प्रतिवद्धता जोहर गर्नु भएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघले स्वागत गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेको थियो ।

एविसी न्यूजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here