जुन ठाउँमा घामले गरेको छैन सफर पनि
त्यहाँसम्म पुगेर फर्कन्छ मेरो नजर पनि
मात्र एक पटक छुन मन छ आकाशलाई
अजिव – अजिवको लाग्छ रहर पनि
मृत्यु आँगनसम्म पुगेर फर्किए छ
त्यसपछि छाडेकी हुँ मैले घर पनि
जुनदिन तिमी मेरो मनमा आएर बस्यौं
त्यहीदिनबाट बसेको हो यो डर पनि
दुनियाँले हल्लै हल्लामा हल्ला फिजायो
मन्दिर पसेर भगवान भयो पत्थर पनि