बुझ्नै गाह्रो भयो

0
321

रबिन श्रीपालि-

यो राजनीतिको खेल बुझ्नै गाह्रो भयो॥
कहिले आँउछ खै रेल बुझ्नै गाह्रो भयो॥

कहिले जोड्ने र, कहिले तोड्ने गर्छन॥
माओवादीको तालमेल बुझ्नै गाह्रो भयो॥

बलात्कारी, भ्रष्टाचारी खुलेआम घुम्छन्॥
निर्दोष हरु पर्छन जेल बुझ्नै गाह्रो भयो॥

देशै खाला जस्तोपो छ छिमेकीले अब॥
नेता ज्युहरुको जालझेल बुझ्नै गाह्रो भयो॥

जनतालाई आशा देखाइ चुनाव जितेपछि॥
कहाँ बस्छौ कहाँ अचेल बुझ्नै गाह्रो भयो॥

प्यूठान।
हाल-भारतबाट।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here