रोहतक, ५ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोहतक नगर समितिको १४ औं सम्मेलन सम्पन्न भएको छ । राष्ट्रियताको रक्षा गरौं, भारतस्थित नेपालीहरुको सुरक्षा गरौं, आ–आफ्नो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन सफल पारौं भन्ने मूल नारा अन्तर्गत सम्पन्न सो सम्मेलनको अध्यक्षता मोहनसिंह विकले गरेका थिए । कार्यक्रमको सञ्चालन बल बहादुर विकले गरेका थिए । सहभागिहरुलाई, रेशम विक र रक्तिमका कलाकारहरुद्वारा स्वागत गरिएको थियो ।
सम्मेलनले रेशम विकको अध्यक्षतामा २५ सदस्यीय रोहतक नगर समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– उषा विक, सचिव– बल बहादुर विक, सहसचिव– बसन्त केसी, कोषाध्यक्ष– सोनिया बेल्बासे रहनुभएको छ । त्यस्तै सदस्यमा: मोहन सिंह विक, गणेश शर्मा, गणेश विक, सुभाष गौतम, सन्तराम विक, धर्म सुनार, खेम बहादुर कुमाल, निम बहादुर विक, बैकल्पिक सदस्य विक्की परियार, किसन नेपाली, मोहन नेपाली र टाम बहादुर परियार रहनुभएको छ । त्यस्तै सम्मेलनले अजय सिंह, सीता परियार, बिमला विक, ओम नाथ भट्टराई, गोर बहादुर विक, गोपाल बिसी, शुसिला गुरुङ र टेक बहादुर कुंवरलाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलन प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी हुनुहुन्थ्यो । केन्द्रीय सचिव ठाकुर खनाल, सदस्य मतिराज गौतम, क्षेत्रीय अध्यक्ष लाल चन्द पंत, शालिकराम आचार्य, राष्ट्रिय जनमोर्चा तिलोत्तमा नगर सदस्य एवं पूर्व क्षेत्रीय अध्यक्ष नारायण जिसी, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मी, महिला क्षेत्रीय बिभागकी हस्तो देवी विक, जनजाति बिभागका नरबहादुर रेश्मी, साँस्कृतिक विभागबाट विजय खनाल, अखिल नेपाल किसान संघका डिलुराम भट्टराई, क्ग्ऋक्ष् (कम्युनिस्ट) पार्टीका प्रतिनिधि हरिश लगायत गुरुग्राम नगर समितिबाट समुन्द्र सिंह विक, नई दिल्ली नगर समितिबाट विष्णु खनाल, ओखला नगर समितिबाट हरि ज्ञवाली, भिवानी नगर समितिबाट मोहन सिंह विक लगायतले नयाँ समितिलाई वधाई दिनुभएको थियो ।
प्रमुख अतिथि दुर्गा बहादुर केसीले रोजगारका लागि नेपालको कुल जनसंख्याको एक तिहाई संख्या भारत लगायत अन्य देशहरुमा रहनु पर्ने बाध्यता छ । यही एक तिहाइ युवाहरुद्वारा पठाइएको रेमिटेन्सले नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको केसीले बताउनु भयो । तर २१ वी शदीमा पनि प्रवासी नेपालीहरुलाई मताधिका नपाई अत्यन्तै दु:खद भएको र सरकारले त्यस तर्फ ध्यान नदिएको समेत केसीले आरोप लगाउनु भयो ।