मार्क्सवादका आधारभुत सिद्धान्तमाथि चोट पुर्याउँदा कम्युनिष्ट आन्दोलनमा विभिन्न प्रकारको भड्कावको स्थिति उत्पन्न भएको मोहनविक्रम सिंहको ठहर

0
2727

दस हजार युवालाई मार्क्सवाद पढाइने

काठमाडौं । माक्र्सवादका आधारभुत सिद्धान्तमाथि चोट पुर्याउँदा कम्युनिष्ट आन्दोलनमा विभिन्न प्रकारको भड्कावको स्थिति उत्पन्न भएको नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भएको छ । सिंहले कार्ल मार्क्स द्धिशतबार्षिकीको समापन समारोहको प्रमुख अतिथिको रुपमा संबोधन गर्दै बताउनु भएको हो ।

नेपालको संविधानमा समेत समाजवाद उन्मुख समाजको दिशामा अगाडि बढनुपर्ने उल्लेख गर्नु, नेपाली जनताको आन्दोलनको ऐतिहासिक उपलब्धि भएको सिंहले बताउनु भयो । वहाँले भन्नु भयो– “नेपालको बाम आन्दोलनमा गंभीर प्रकारका सैद्धान्तिक, वैचारिक, राजनीतिक अन्तरविरोधहरु भएता पनि, त्यसप्रकारका अन्तरविरोधहरुको समाधानको दिशामा अझ फराकिलो प्रकारले कार्यगत एकताको दिशा निर्धारण गर्दै आवश्यकतानुसार सहयात्राको दिशामा अगाडि बढ्नुपर्ने हुन्छ ।”

वैशाख २१ र २२ गते गरी दुई दिन काठमाडौंमा चलेको सो गोष्ठीको उद्घाटना सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क.प्रचण्ड, नेकपा एमालेका नेताहरु क.माधव नेपाल, क.झलनाथ खनाल, बरिष्ठ बाम नेता क.विष्णुबहादुर मानन्धर, क.गणेश शाहले संबोधन गर्नुभएको थियो ।

डा.विजय पौडेलको सञ्चालन, सत्य पहाडीको स्वागत भाषण तथा समितिका संयोजक घनश्याम भुसालको अध्यक्षताका साथ सो कार्यक्रम अगाडि बढेको थियो । दोश्रो सत्रको वैचारिक सत्रमा प्रा. चैतन्य मिश्र, प्रा. पिताम्बर शर्मा, प्रदिप गिरी, रामचन्द्र शाह, प्रा. विरोअन फोर्डेले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो सत्रमा सचिवालय सदस्य समिर सिंह, वेदुराम भुसाल, हरि रोका, योगेश भट्टराई, सुनिल मानन्धरले क्रमैसँग अध्यक्षता गर्नुभएको थियो ।

शान्तिपुर्ण प्रतिस्प्रधाका नाममा चुनावदेखि चुनावसम्म मात्र सिमित हुँदै जाने हो भने नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त भएर जाने, समितिका संयाजक घनश्याम भुसालले कार्यक्रमको दोश्रो दिनको राजनैतिक सत्रमा बताउनुभयो । आफ्नै पार्टी नेकपा एमालेप्रति संकेत गर्दै भुसालले जहाजको इन्जीन बिग्रीयो भने पखेटामा पुतली बनाएर कुनै उपलब्धि नहुने बताउनु भयो । वहाँले भन्नु भयो– “पार्टी ठूलो बनाउँन दलाल पूँजीपतीहरु, डनहरु, समाजका नकारात्मक पृष्ठमूमि भएका व्यक्तिहरुलाई बढी प्राथमिकता दिइने गरिएको छ ।”

स्मरण रहोस्, २०७२ साल मंसिर ६ गतेका दिन गठन भएको कार्ल मार्क्स द्धिशतबार्षिकी मूल समारोह समितिको सल्लाहकारहरुमा क.मोहन विक्रम सिंह, क.चित्रबहादुर के.सी., क. के.पी.ओली, क. प्रचण्ड, क. माधवकुमार नेपाल, क. झलनाथ खनाल, क. विष्णुबहादुर मानन्धर, क. अमिक शेरचन, क. नारायणकाजी श्रेष्ठ, क. गणेश शाह र प्रदिप गिरी हुनुहन्छ ।
समितिको संयोजकमा क.घनश्याम भुसाल, सह संयोजकमा क.राम कार्की तथा सचिवालय सदस्यहरुमा समिर सिंह, बर्षमान पुन, शक्ति बस्नेत, वेदराम भुसाल, सुनिल मानन्धर, सत्या पहाडी लगायत हुनुहुन्छ भने सदस्यहरुमा रामप्रकाश पुरी, हिमलाल पुरी, निमबहादुर बुढाथोकी, नारायण सापकोटा, लालबहादुर थापा, प्रेमल खनाल, सुदर्शन बराल, शेरबहादुर तामांग, गिरीराजमणि पोख्रेल, योगेश भट्टराइ, डी.आर.पौडेल, डा. दिपक भट्ट लयायत हुनुहुन्छ ।

समितिले दश हजार युवाहरुलाई मार्क्सवाद पढाउने लक्ष्यका साथ ५ मई १९१९ सम्म १ बर्षे कार्ययोजना समेत घोषणा गरेको छ । जसका लागि ७ वटै प्रदेशमा प्रादेसिक संरचनाको निर्माण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here