भारत व्यापी मनाइयो १२९ औं अन्तर्राष्ट्रिय मई दिवस

0
604

फरीदावाद । श्रमजीवी मजदुरहरुको वीरतापूर्ण सङ्घर्षको ऐतिहासिक दिन १ मेलाई स्मरण गर्दै भारतका विभिन्न शहरहरुमा १ मईका दिन एक सय उनन्तिसौँ मे दिवश विविध कार्यक्रमका साथ मनाइएको छ । भारतमा प्रवासी नेपाली श्रमजीवीहरुको अभिभावकीय सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत व्यापी रुपमा कतै एकल आयोजनामा त कतै संयुक्त रूपमा मे दिवश मनाएको छ ।

१ मेलाई संसारभरका श्रमिकहरुले एक महान् चाडका रूपमा मनाउँदै आएका छन् । श्रमिकहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी १८८६ मे १ का दिनदेखि अमेरिकाको सिकागो शहरमा आन्दोलनको थालनी गरेका थिए । उक्त आन्दोलन अगाडि बढ्दै जाँदा हजारौँहजार मजदुरहरु दिनहुँ सडकमा उत्रिएर प्रदर्शन गर्न थाले । मे ४ गतेका दिन मजदुरहरुको विशाल प्रदर्शनमाथि अमेरिकी सरकारले व्यापक दमन गर्दै गोलीको वर्षा गर्‍यो, जसबाट कैयौं मजदुरहरुको मृत्यु हुन पुग्यो भने सिकागो शहर सहिदको रगतले रक्ताम्य बन्यो । मजदुरहरुको त्यो ऐतिहासिक सङ्घर्ष अब सिकागोमा शहरमा मात्र सीमित रहेन, त्यसले विश्वव्यापी रूप लिदै गयो । दमनबाट मजदुरहरुको सङ्घर्ष रोकिएन, बरु झन् झन् झ्याङ्गिदै गए र मजदुरहरुको मागका अगाडि अन्नत: पुँजीवादी सत्ता घुँडा टेक्न बाध्य भयो । आखिर आठ घण्टे कार्यदिवशले कानुनी मान्यता पायो । पछि १८८९ मा सम्पन्न समाजवादीहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले १ मेलाई श्रमिक दिवशका रूपमा मनाउने निर्णय गर्‍यो । तत् पश्चात् १९९० देखि श्रमजीवी मजदुरहरुले १ मेका दिन विश्वव्यापी रूपमा श्रमिक दिवस मनाउँदै आएका छन् ।

भारतस्थित नेपाली श्रमजिवीहरु बीच १ मेको क्रान्तिकारी परम्परालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अगाडि बढाउँदै आएको छ । १ दिन समाजको फरीदावाद नगर समितिले विशेष समारोहको आयोजना गरी एक सय उनन्तिसौँ मे दिवस मनाएको छ । समाजका सल्लाहकार तथा पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहको अध्यक्षता बाबुराम विष्टले र महिला विभागकी सकुन्तला थापाको स्वागत मन्तव्य र विद्यार्थी संघकी सरिता विसीको सञ्चालनबाट सो समारोहको अघि बढेको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले मे दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढाउने दायित्व इतिहासले मजदुरहरुको काँधमा सुम्पिएको बताउनु भयो । विकास र समृद्धिका मुख्य शक्ति श्रमिकहरु नै भएकोमा जोड दिनु भयो । सही नीति, सिद्धान्त र विचार भएको सङ्गठनले मात्र मे दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढाउन सक्ने प्रमुख अतिथि आचार्यले स्पष्ट पार्नु भयो ।

समारोहलाई केन्द्रीय समितिका सल्लाहकार सूर्य बहादुर क्षेत्री, नेपाली समाचार साप्ताहिकका धनवीर पनु मगर, क्षेत्रीय समितिका सचिव विशंकर पराजुली, रक्तिम विभागका धर्म खनाल, महिला क्षेत्रीय विभागकी मायाँ विसी, नगर समितिका रमेश चन्द्र क्षेत्री, मान सिंह विष्ट, विष्णु विसी, रण बहादुर थापा लगायतले मन्तव्य दिनुभएको थियो ।

श्रीगंगानगर । यहाँ नगर समितिको आयोजनामा १२९ औं मई दिवसको अवसरमा सभा सम्पन्न पारिएको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको थियो । २१ वि सदीमा शोषणको रुप फेरिएको बताउनु भयो । “दास युग भन्दा सामन्वावादी युग प्रगतिशिल भएता पनि सामन्तवादी युगको तुलनामा पूँजिवादी युग हुँदाहुँदै पनि औजारहरुमा पनि भएको परिवर्तनसँगै शोषण ले आफ्नो रुप फेरेको छ ।” केसी भन्नु भयो– “जबसम्म स्वयं गरिखाने वर्गले आफू माथि अन्याय भएको थाहा पाउँदैन तबसम्म नयाँ नयाँ रुप लिएर आएका शोषणको अन्त्य हुँदैन ।”

कार्यक्रम बसन्त भण्डारीको सञ्चालन, गिरुप्रसाद न्यौंपानेको अध्यक्षता र रेशम भण्डारीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । रक्तिमका कलाकारहरुले स्वागत गित प्रस्तु गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जिसी, केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिव त्रिभुव भट्टराई, महिला क्षेत्रीय विभागकी बसन्ता नेपाली, सुनिता भट्टराई, क्षेत्रीय समितिका हुकुम बहादुर विक, रक्तिमका बोम बहादुर विष्ट, खेल विभागका हरि न्यौंपाने, महिला नगर विभागबाट कमला खड्का, नगर समितिबाट विष्णु विक, समता विभागबाट प्रेम विक, एरिया समितिबाट रेशम भण्डारी लगायतले मन्तव्य दिनु भएको थियो ।

हैदरावाद । यहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । सेकेन्दराबादको सिख भिलेज स्तिथित कमिटी हलमा सम्पन्न सभा जिबनाथ शर्माको अध्यक्षता र मनोहर पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो । अतिथिहरुको आसन ग्रहण र वीर सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात कृष्ण बहादुर थापाले शब्द र रक्तिमका क्षेत्रीय कलाकारहरुले गित र संगीतले स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य राम प्रसाद आचार्यले प्रमुख अतिथिहो आसनबाट सम्बोधन गर्नुभएको थियो । आचार्यले मजदुरहरुका वास्तविक हकहित र अधिकारको ग्यारेन्टीका लागि आमूल परिबर्तन बिना सम्भब नभएको तर्क प्रस्तुत गर्नु भयो । मजदुरहरुलाई नोकरशाही पुँजिपती बर्गबाट भइरहेको शोषन दमनबाट मुक्त गराउनका लागि मजदुर आन्दोलीत हुनु पर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले मजदुरहरुका सुरुवाती दिन अचेतन भएका र बास्तबमा आफ्नो शोषन गर्नेलाई पहिचान गर्न सक्ने ज्ञान नहुदा बेलायतमा लुडाइटहरुले मेशिनका विरुद्ध आफ्नो आक्रोश पोख्दै मेसिन नै तोडफोड गरेका इतिहास बारे बताए । त्यस्तै अर्का बक्ता समता विभागका प्रतिनिधि रतन सिंह विकले अहिलेको बिज्ञानको जमानामा पनि दलित जाति अछुत जाति बनेर बस्नुपर्ने बाध्यता बनेको समाजलाई परिवर्तन नगरी आन्दोलनको उठान हुन नसक्ने बताए । त्यस्तै जनजाति विभागका कर्न बहादुर थापा, विद्यार्थी केन्द्रीय सदस्य एबम क्षेत्रीय अध्यक्ष जीवन शर्मा, रक्तिमका झलक पुन, महिला क्षेत्रीय समन्वय समितिकी अध्यक्ष मिना आचार्य, रक्तिम क्षेत्रीय संयोजक कृष्णकुमारी विक र कृष्ण पौडेलले मन्तव्य दिनुभएको थियो ।

हिसार । यहाँ हिसार नगर समितिको आयोजनमा १२९ औं श्रमिक दिवस मनाइएको छ । नगर अध्यक्ष वसन्त दर्लामीको अध्यक्षता र नगर सचिव तारा सोमरेको सञ्चालनमा कार्यक्रम सुरुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार देबीप्रसाद पौड्याल, क्षेत्रीय समितिदेखि आत्मराम न्यौंपाने, क्षेत्रीय महिला विभागकी निरु सारु, राष्ट्रिय जनमोर्चा पाल्पाकी लक्ष्मी दर्लामी लगायतको आतिथ्यता रहेको थियो । सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि चन्द्र गैरेले स्वागत मनतव्य दिनु भएको थियो ।

कार्यक्रममा हिसार महिला बिभागदेखि सेति राना, शान्ता पौडयाल, जनजाति बिभागदेखि केहर सिंह घर्ती मगर, समता बिभागदेखि नारायण विक, सिटी एरियाबाट ओम प्रकाश तिवारी, बाबुराम शर्मा, लालमणी देवकोटा, रक्तिम बिभागदेखि योगेन्द्र दर्लामी, इनड्स्ट्री एरियाबाट किसन पोख्रेल, क्षेत्रीय समितिदेखि नन्द बहादुर लमतरी लगायतले मैं दिवसको बारेमा मन्तव्य दिनुभएको थियो ।

चण्डिगढ । यहाँ चण्डिगढ नगर समितिको आयोजनामा १२९औं अन्तर्राष्ट्रिय मजदुर दिवशको कार्यक्रम सम्पन्न पारिएको छ । शमशेर केसीको अध्यक्षता र खिमराज चालिसेको सञ्चालनमा सम्पन्न सभामा विभिन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदप्रति १ मिनट मौनधारण पश्चात थमन थापाले स्वागत मन्तव्य दिनु भएको थियो ।

संसार भरका मेहनतकश मजदुरहरुको हक अधिकार र न्यायका आवाजहरु कमजोर वन्दै आइरहेको वर्तमान विश्व संरचना तथा पुँजीवाद, अवसरवादीहरुले दिनानुदिन श्रमिकहरुका हक अधिकार माथी धावा वोलिरहेको संदर्भमा हामी आमूल परिवर्तन कारीहरुको यसप्रकारका सभा तथा आन्दोलनको ऐतिहासीक तथा विषेश महत्व छ भन्दै वोल्ने वक्ताहरुमा क्रमश: केन्द्रीय सदस्य दिनेश खडका, तिलक पौड्याल, रामबहादुर पुन, महिला क्षेत्रीय विभागकी जुना चालिसे, जमुना खडका, सिमा खडका, रक्तिम विभागकी सरस्वता भुसाल, क्षेत्रीय सदस्य प्रेम आचार्य, खेल विभागका दुर्गा विक, समता विभागका दिनेश विक, विद्यार्थी विभागका सुरज चालिसे, पुजा गुरुङ लगायत हुनुहुन्थ्यो ।

चेन्नई पश्चिम । यहाँ चेन्नई पश्चिम नगर समितिको तत्ववादनमा ऐतिहासिक १२९औं अन्तर्राष्ट्रिय मजदूर दिवस सम्पन्न पारिएको छ । महान चाड मई दिवस सयौं जनमानसको उपस्थितमा आमसभाको रूपमा मनाइएको छ । नगर समितिका अध्यक्ष केशमान नेपालीको अध्यक्षता र सहिदहरूको संझनामा एक मिनेटमा मौनधारण पश्चात उपस्थित जनमानसलाई संगीतबाट रक्तिम र शब्दबाट नगर उपाध्यक्ष अर्जुन केसीले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष देव बहादुर लामीछाने, सदस्य महेन्द्र बस्याल, मोहराज चालीसे, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, नगर समितिका कोषाध्यक्ष बुद्धिराम पौडेल, नगर सदस्य पदम पौडेल, नगर सदस्य प्रेम नेपाली, हिरामणी शर्मा, सीता घिमिरे र कृष्ण शर्माले मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन नेत्र शर्माले गर्नु भएको थियो ।

नागपुर । यहाँ नागापुर नगर समितिले पनि सभाको आयोजना गरि मई दिवस मनाएको छ । आग्या बहादुर रानाको अध्यक्षता, होमबहादुर जिइमको सञ्चालन र तेजबहादुर पुनले स्वागत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएमले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो । त्यस्तै महिला विभागबाट मिना पुनले पनि मई दिवसको बारेमा मन्तव्य दिनु भयो ।

चेन्नई उत्तर । चेन्नई उत्तर र पुर्व नगर समितिको संयुक्त आयोजनामा १२९औं मजदुर दिवस सम्पन्न पारिएको छ । तिलक राम गोराथोकिको सञ्चलन र चन्द्र बहादुरको अध्यक्षताबाट अगाडि बढेको सो सभालाई मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापा, प्रवासी संघ राज्य समितिका मोहदत्त शर्माले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई लोक प्रसादले स्वागत भाषण गर्नु भएको थियों ।

सो अवसरमा भलिवल खेलको पनि आयोजना गरिएको थियो । खेलको उद्घाटन भिम बहादुर थापाले गर्नुभएको थियो । खेलमा ४ टिमले भाग लिएका थिए । खेलमा सैमनचरी ए पहिलो र बि दोस्रो भएको थियो । विजयी टिम तथा खेलाडीहरुलाई चित्र थापाले बधाई दिनुभएको थियो ।

चेन्नई दक्षिण । यहाँ चेन्नई दक्षिण नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय मजदूरहरूको महान चाड १२९औ मई दिबस कार्यक्रम सम्पन्न पारिएको छ । लोकेन्द्र पौडेलको सञ्चालन र रणबहादुर थापाको अध्यक्षताबाट अगाडि बढेको सो सभालाई केन्द्रीय समितिबाट मदन शर्मा, क्षेत्रीय समितिबाट ज्योतीनारायण सुबेदी, लक्ष्मीपन्थी, नगर समितिबाट उमानन्द शर्मा चालीसे, जीबन शर्मा, भबानी प्रसाद पोख्रेल, महिला बिभागबाट, जूना देबी शर्मा, एरिया समितिहरुबाट मिनराज सुबेदी, कृष्णप्रसाद शर्मा, भरत जिसी, रामकुमार केसी, मनोज थापा, दिवारकर पौडेल, लक्ष्मीप्रसाद आचार्य, पुष्पराज अधिकारी, जीबन थापा लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई नगर कोषाअध्यक्ष शिव प्रसाद पंथीले स्वागत गर्नु भएको थियो ।

पाण्डेचेरी । यहाँ नगर समितिको आयोजनामा १२९ औं मई दिवस समारोह सम्पन्न पारिएको छ । दिल्ली प्रसाद शर्माको अध्यक्षता तथा गोविन्द शर्माको सञ्चालनबाट अगाडि बढेको सो सभालाई नर बहादुर केसीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई केन्द्रीय सदस्य भगवती कुंवर, सल्लाहकार सूर्यबहादुर थापा, केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, नगर समितिका भद्रबहादुर जिसी, कृष्ण खनाल, राजु थापा, खड्क बहादुर कुंवर, जनकराज शर्मा, महिला विभागकी विष्णु शर्मा, एरिया समितिका माधव पौडेल र राजु पराजुली लगायतले मन्तव्य दिएका थिए ।

गुडगाव । यहाँ नगर समितिको आयोजनामा १२९ औं मई दिवस समारोह सम्पन्न पारिएको छ । धर्म केसीको सञ्चालन, शिव थापाको अध्यक्षता र सहिदहरुको सम्झनामा एक मिनट मौनधारणबाट अगाडि बढेको सो कार्यक्रममा सहभाडिगहरुलाई सीता केसीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय परिषद् सदस्य शुरेस कुमार पाणडे, क्षेत्रीय समितिबाट कमल रायमाझी, एरिया समितिबाट दिल बहादुर विक, महिला बिभागबाट सुमित्रा थापा, कमला भट्टराई लगायतले मन्तव्य दिनुभएको थियो ।

लुधियाना । यहाँ सिटी नगर समिति र फोकल प्वइन्ट नगर समितिको संयुक्त आयोजनामा १२९ औं मई दिवस समारोह सम्पन्न पारिएको छ । उदय सिंह चन्दको अध्यक्षता तथा रामचन्द्र पौडेलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रमलाई केन्द्रीय समितिका उपाध्यक्ष हिरासिंह चन्द, केन्द्रीय सदस्य बासुदेव भट्टराई, फोकल प्याईट नगर समितिका उपाध्यक्ष अशोक विश्वकर्मा र सदस्य हरि शर्माले मन्तब्य दिनु भएको थियो ।

तिरुबनन्तपुरम् । यहाँ नगर समितिको अयोजनामा १२९ औं मई दिबस साथै सिटी एरिया सम्मेलन सम्पन्न भएको छ । घनश्याम शर्माको सञ्चालन, बाबुराम रेग्मीको अध्यक्षता र १ मिनेट मौनधारण पश्चात चम्पा रेग्मीले स्वागत दिनुभएको थियो ।

एरिया सम्मेलनको उद्घाटन केन्द्रीय परिषद् सदस्य कमल खड्काले गर्नु भएको थियो । सम्मेलनले नयाँ कार्यकारिणीहरुको निम्न प्रकारले चयन गरेको छ । जस्मा अध्यक्ष– कमल पोखरेल, उपाध्यक्ष– चम्पा रेग्मी, सचिब– ईस्वर सुनार, सहसचिव– सिताराम विक, कोषाध्यक्ष– बिष्णु प्रसाद चालिसे रहेका छन् । त्यस्तै सदस्यहरुमा: राजेश रेग्मी, राजु नेपाली, हिम बहादुर नेपाली, नबराज बटला, बैकल्पिक सदस्यमा: सृजना सुनार र ओम बहादुर पोखरेल रहेका छन् । त्यस्तै सम्मेलनले बाबुराम रेग्मी र तेजेन्द्र खड्कालाई सल्लाहकार चयन गरेको छ । नयाँ कार्यकारिणीहरुलाई युबराज पौडेल, बिष्णु चालिसे, विमला नेपाली, कमल खडकाले बधाई तथा मई दिवसको बारेमा मन्तव्य भएको थियो ।

आगरा । यहाँ नगर समितिको आयोजनामा १२९ औं मई दिवस समारोह मनाइएको छ । संघर्षको गाथालाई स्मृति गर्दै १ मिनट मौनधारण पश्चात कार्यक्रम शुरु गरिएको थियो । यस अवरमा नगर समिति सदस्यहरु र विभिन्न विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नगर अध्यक्ष रामबहादुर केसीले मजदूर वर्ग समाज निर्माणमा महत्वपूर्ण भूमिका निभाउने सामाजिक अंग भएको बताएका थिए ।

कार्यक्रममा पूरन चन्द सोनी, प्रकाश शर्मा, धु्रव शाह, मिठू केसी, लाखन परियार, प्रताप पाण्डे, सत्येन्द्र दशौदी, दिनानाथ थापा, राजकमल दत्त र राज सोनी आदिले मन्तव्य दिएका थिए ।

संगरुर । यहाँ नगर समितिको आयोजनामा १२९ औं मई दिवस समारोह मनाइएको छ । लक्ष्मी पाण्डेको अध्यक्षता र खेमराज पोखरेलको सञ्चालनबाट अगाडि बढेको सो मई दिवस समारोहमा उपस्थित जनसमुदायलाई केन्द्रीय परिषद् सदस्य बुद्धि आचार्य, नगर समितिबाट राजु खनाल, नारायण भुसाल, रामप्रसाद खनाल, रामजी भुसाल, सरिता भुसाल, हेमराज सुवेदी, राजु अधिकारी, अमिता खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here