नलियामा नगर भेला सम्पन्न

0
206

नलिया, २ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत नलियामा दोश्रो नगर भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न भेलाले मान सिंह विसीको अध्यक्षतामा नलिया नगर समिति गठन गरेको छ । जसमा: सचिव– गोपाल बुढा, कोषाध्यक्ष– प्रेम केसी रहेका छन् । त्यसतै सदस्यमा: किसन खड्का, पशुपति शर्मा, विर्ख भण्डारी, भूवन महतरा, वैकल्पिक सदस्यमा: तुलवीर खड्का र अर्जुन महतरा रहेका छन् । त्यस्तै भेलाले इन्दु खड्का र चन्द्र बहादुर बुढालाई सल्लाहकार चयन गरेको छ ।

भेला गोपाल बुढाको सञ्चालन तथा मान सिंह विसीको अध्यक्षताबाट अगाडि बढेको थियो । भेलामा सहभागिहरुलाई प्रेम केसीले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here