भारत–पाकिस्तान सीमाना कच्छ भूजमा एकता समाजको दोश्रो नगर सम्मेलन सम्पन्न

0
559

कच्छ भूज, ३० अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत कच्छ भूज नगर समितिको दोश्रो सम्मेलन सम्पन्न पारिएको छ । सम्मेलन केन्द्रीय सचिव प्रेम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्मेलनले लाला जैशीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– धन बहादुर गेवराकोटी, सचिव– उदय सिंह चलाउने, सहसचिव– हरिस के रावल र कोषाध्यक्ष– दानबहादुर मल्ल रहेका छन् । त्यस्तै सदस्यमा: लोगराज भोटेल, प्रेमकुमार सोनार, मिना मैजुल, रमेश चलाउने, जगत बहादुर दूराकोटी, विर्ख विक, विनोध उपाध्याय, कृष्ण देवी चलाउने, वैकल्पिक सदस्यमा: नविनकुमार विक, दिलु जैशी, जयसरा जैशी र अमित कुमार साछ रहेका छन् । त्यस्तै सम्मेलनले धर्मराज जैशी र लक्ष्मी जैशीलाई सल्लाहकारमा चयन गरेको छ । नयाँ समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीले गरेका थिए ।

केशव सुनारको सञ्चालन तथा लाला जैशीको अध्यक्षताबाट बढेको सो सम्मेलनको उद्घाटन केन्द्रीय सचिव प्रेम पौडेलले गर्नुभएको थियो । भारत प्रवासमा एकता समाजको महत्व र आवश्यकताको बारेमा प्रष्ट्याउनु भएको थियो । प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्व बारेमा समेत पौडेलले मन्तव्य दिनुभएको थियो । पौडेलले भारत प्रवासमा छरिएर रहेका नेपाली श्रमिकहरुको अभिभावक संगठन मूल प्रवाह निरन्तर संघर्षरत रहेको बताउनु भएको थियो ।

नयाँ समितिलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्की, केन्द्रीय समितिका सल्लाहकार रमकला काउछा, रक्तिम विभागका लव ठाकुर लगायतले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो । सम्मेलनमा सहभागिहरुलाई प्रेम सुनारले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here