मोर्बीमा प्रथम नेपाली एकता सम्मेलन भव्य रुपमा सम्पन्न

0
414

मोर्बी, २ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मोर्बी नगर समितिको प्रथम नगर सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यको क्रममा पौडेलले भारत प्रवासमा नेपालीहरुको अवस्था र मूल प्रवाहले खेलेको भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो । एकता समाजले भारतस्थित श्रमजिवी नेपालीहरुका बीचमा आफूलाई दरिलो गरी स्थापित गरेको समेत पौडेलले बताए । सो अवसरमा पौडेलले नेपालको समसामयीक राजनीतिक अवस्थाका बारेमा समेत मोर्बीका नेपालीहरुलाई जानकारी गराएका थिए ।

नेपालमा जातीय द्वयस फैलाउने उदेश्यका साथ विदेशी शक्तिहरुले संघीयता नामको विष वृक्ष रोपेको र त्यसको खारेजीका लागि सम्पूर्ण नेपालीहरु आन्दोलनमा आउन समेत पौडेलले आव्हान गरेका थिए ।

सम्मेलनले दुर्गाराज विकको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमा: उापध्यक्ष– कमल माकुने, सचिव– लाल बहादुर बटवला, सहसचिव– गोपाल रावल, र कोषाध्यक्ष– विसाल नेपाली रहेका छन् । त्यस्तै सदस्यमा: डबल सिंह ओड, योगेश रावल, पदम भोटेल, रामसिंह भोटेल, विक्रम भोटेल, हिरालाल लामिछाने, शेर बहादुर नचेल, विवेक सोनी, सावित्रा विक, मिना विक, मिन बहादुर रावल, नवराज लामिछाने, वैकल्पिक सदस्यमा: अशोक विक, कुशल भोटेल, चन्द्र विक र टेक बहादुर वरविजय रहेका छन् । त्यस्तै सम्मेलनले विनोद विक, कमल रावल, कमल विक र सुनिल विष्टलाई सल्लाहकार चयन गरेको छ ।

लाल बहादुर बटवलाको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनको अध्यक्षता दुर्गाराज विकले गरेका थिए । सम्मेलनमा सहभागिहरुलाई गोपाल रावलले स्वागत गरेका थिए । रक्तिमका कलाकारहरुले सांगितिक स्वागतको संगै केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीले घोषणा गर्नुभएको थियो ।

नयाँ समितिलाई केन्द्रीय समितिका सल्लाहकार रमकला काउछा, पश्चिम भारत क्षेत्रीय समितिका प्रतिनिधि मोहन वस्नेत लगायतले बधाई मन्तव्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here