कृष्ण कुंवर, सोनीपत हरियाणा
यो तातो मरुभूमिमा, घाटी धेरै सुख्छ आमा
सम्झिएर साहुको ॠण, मुटु धेरै दुख्छ आमा
कमाएर दुई चार पैसा, परिवार खुशी पार्न
सम्झिएर तिनै दिन, पीडाहरू लुक्छ आमा
निद्रा छैन भोक छैन, कामै काममा बेरिएछु
देशको हालत हेर्दा खेरि,यो शिर मेरो झुक्छआमा
लाखौं युवा पिल्सिएछौ, यो खाडी मुलुकमा
गाउ घरको याद आउँदा, यो मन तेतै रुक्छ आमा
के रैछर जिन्दगिमा, आखिर खरानी हुनु छ
बाचुन्जेल हासी खुशी, बाँच्न पाए पुग्छ आमा