अर्जुन शर्मा
अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थीयुनियन (छैठौं )को रास्ट्रीय परिसद बैठक लमजुङको घले गाउँमा यहि २०७४चैत्र २४गते सम्पन्न भएको छ। एकातिर स्थान विशेषको हिसाबले र अर्कोतिर त्यसबाट पारित कार्यक्रमको हिसाबले त्यसले महत्त्वपूर्ण अर्थ राख्दछ ।
घले गाउँ होम स्टेको राम्रो बिकास भएको ठाउँ हो। त्यो बाहेक त्यहाको गुरुङ संस्कृती,गोर्खा पार्क,गुजुमुक्क परेर रहेका घरहरु समेत त्यहाँका सौन्दर्यात्मक दृश्यहरु हुन । साथै त्यो ठाउँबाट टाढा टाढासम्म देखिने पहाडी शृङ्खला र सेतै टल्केको हिमालय रेन्ज सुन्दरताले भरिपुर्ण देखिन्छ। घले गाउँकै वरिपरि रहेका घनपोखरा,बागलुङपानी,भुजुङ गाउँ उस्तै सम्भावना बोकेका सुन्दर बस्तिहरु हुन। सार्क भिलेज ग्रामिण संग्रहालय गुरुङ जातिको ईतिहास बताउने सामाग्रीहरुको संकलन हो ।
उच्च पहाडी लेकमा रहेको घले गाउँ लमजुङको सदरमुकाम बेशीशहरबाट ३२ किलोमिटर टाढा रहेको छ । जहाँ जान जिप, बस आदिको ब्यबस्था छ, यधपी कच्ची सडक र अप्ठ्यारो झेल्दै महगो भाडामा पुग्ने या ५,६घण्टाको पैदल यात्रा रोज्नुपर्ने बाध्यता भने छ नै ।
घले गाउँको सुन्दरतामा त्यहाँका गुरुङ जातिहरुको न्यानो माया,उनिहरुको पाहुनाप्रतिको सम्मान र होमस्टे संचालनका आफ्नै नियमहरुको पनि उत्तिकै महत्त्व छ । त्यस प्रकारको ग्रामीण पर्यटनले भरिपुर्ण ठाउँ जहाँ पाहुनालाई घरको सन्तान जस्तै मानिन्छ र फर्किने बेला फुल माला र टीका लगाइ बिदाइ गर्ने आफ्नै प्रचलन छ ,त्यहाको कोदाको शेल रोटि,कोदाको ढिडो,गुन्द्रुक को अचार,सिस्निको तरकारी आदि बिर्सी नसक्नु खानाको परिकार हुन।
त्यो ऐतिहासिक गाउँमा देशभरका विद्यार्थीहरु जम्मा भै आफ्नो परिसद बैठक संचालित हुनु आफैमा अर्थपुर्ण छ अझै त्यो भन्दा पनि महत्त्वपूर्ण त त्यसबाट गरिएका कतिपय नयाँ कार्यक्रमहरु छन। उक्त बैठकले विभिन्न नियमित कार्यक्रमहरु जस्तोकि जिल्ला भेला/सम्मेलन ,जिल्ला र प्रदेश स्तरिय प्रशिक्षणका साथै आफ्नो २१औं रास्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको छ । युनियनको सम्मेलन आगामी २०७५असोजमा हुनेछ । यी कार्यक्रमहरु नियमित कार्यक्रम नै हुन तैपनि देशको बर्तमान स्थिती, विद्यार्थी आन्दोलनको सुस्तता र दिशाहिनता तथा तथाकथित वामपन्थी सरकार र समाजवादको चर्को हल्ला बिच क्रान्तिकारी आन्दोलन अगाडि बढाउने सन्दर्भमा कस्तो भुमिका विद्यार्थीसँग हुने भन्ने बिसयले महत्त्वपूर्ण अर्थ र आगामी क्रियाकलापमा प्रभाव पार्छ नै । त्यो सगसगै बैज्ञानिक, ब्यबहारिक र श्रमसग जोडिएको जनताको जनबादी शिक्षा प्राप्ती, उत्पिडित जनसमुदायको मुक्ती र तत्कालीन परिवेशमा पनि शैक्षिक गुणस्तर कायम गर्न संघर्षरत रहनु हाम्रो सामाजिक दायित्व हो। निजीकरण, व्यापारीकरण र बैदेशिक स्वार्थमा आधारित शिक्षाले देशको भलो गर्न नसक्ने प्रष्ट नै छ, त्यो अवस्थामा हाम्रो संघर्ष त्यतातर्फ पनि केन्द्रित हुनुपर्ने देखिन्छ।
अर्को तिर बिद्यालय, विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री बनेका छन भने पाठ्यक्रमहरु परम्परागत र अव्यवस्थित तथा अब्यबाहारिक छन। तर आज विद्यार्थी संगठनहरु आफ्नो सहि दिशा पहिल्याउन नसकेर बसेका छन वा सानो सानो स्वार्थमा ती सबै चिज कागजका लेखनीमा सिमित गरिदिएका छन। विद्यार्थीहरु सचेत बर्ग भएकोले देशको समग्र बस्तुथिती बुझ्न सक्ने र परिबर्तनलाई आत्मसात गर्न सक्ने क्षमता पनि राख्दछन । क्रान्तिकारी विद्यार्थी संगठन भएको नाताले हाम्रो दायित्व जनवादी शिक्षा प्राप्तिको निम्ति संघर्षका साथमा उत्पीडित जनताको मुक्तिको दायित्वबाट पनि पन्छिनु हुदैन।अर्कोतिर तत्कालीन सुधारको संघर्ष नि चलाउदै जानू पर्द्छ।
आज देशमा निरन्तर मात्रामा महिला हिंसा बढ्दो क्रममा छ। दिनहुँजसो बलात्कारको घटना छाइरहनु,बोक्सीको आरोपमा कहिले मलमुत्र खुलाउने, कहिले कुटपिट गर्ने त कहिले हत्या गर्नेसम्मको दु:खद घटना हामिले देखिरहेका छौ। अरु त कुरा छाडौ मान्छेको बलि दिनेसम्मका क्रुर घटना हाम्रो माझ बिद्यमान छन। छाउपडी प्रथा, दाइजो प्रथाले दिएको दुख लगायत अन्य कयौं हिंसा,सामाजिक कुरुती, कुसंस्कार र परम्परागत मूल्य मान्यताको कारणले समाज गलत दिशामा अगाडी बढिरहेको अवस्था छ । यस्तो बेलामा सचेत विद्यार्थीहरु,या विद्यार्थी संघ संगठनहरु चुप लागेर बस्नु हुदैन भन्ने मान्यता लिइ अनेरास्ववियु(छैठौं)को यहि रास्ट्रीय परिसदले सामाजिक हिंसा विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेकोछ ।
आगामी बैशाख १५-जेठ१५सम्म एक महिना लगातार देशभरका जिल्लाहरुमा,स्कुल कलेजहरुमा, गाउँ सहरहरूमा यो अभियान संचालनमा ल्याउने र त्यसपछी पनि यसलाई अभियान कै रूपमा निरन्तर चलाउने निर्णय गरिएको छ । साच्चिकै यो महत्त्वपूर्ण र ऐतिहासिक निर्णय हो जुन अन्य संगठन समेत र सबै सामाजिक संघ संस्थाहरुले चलाउनै पर्ने कदम पनि हो।युनियनको परिसद बैठक अन्य नियमित कार्यक्रमले पनि महत्त्वपूर्ण त छ नै त्यो भन्दा पनि सामाजिक बिकृती,हिंसा विरुद्धमा गरिने यो तत्कालीन अभियानको कारणले झन बढी मात्रामा महत्त्वपूर्ण र ऐतिहासिक अर्थ राख्नेछ।
२०७४चैत्र २६।