प्रवासी नेपालीहरुद्वारा नेपाली दूतावासप्रति रोस प्रकट

0
1598
नयाँ दिल्ली, २५ मार्च । 
नेपाल पत्रकार महासंघ भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाली दूतावासप्रति रोस प्रकट गरेका छन् । “प्रवासी नेपालीहरुको समस्या र समाधानमा सरकारको ध्यानाकर्षण” विषायक सो अन्तक्र्रिया कार्यक्रममा बोल्दै एकजना वक्ताले भने– “लोकतन्त्रको चौथो अंग मानिने पत्रकारहरुको कार्यक्रममा दूतावासबाट उपस्थित हुन आवश्यक थियो तर वहाँहरु उपस्थित हुनु भएन, त्यो राम्रो पक्ष अवश्यक होइन् ।”
भारतका विभिन्न राज्यहरुमा छरिएर रहेका नेपालीहरुले भोग्दै आएका समास्याका बारेमा अधिकांश वक्ताहरु केन्द्रित रहेका थिए ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले “सन् १९५० मा नेपाल–भारत बिच सम्पन्न मैत्रिपूर्ण सन्धिको विषयमा दुबै देशका सरकारहरुले समानताका जतिसुकै वकालत गरेता पनि समानता छैन ।” केसीले अगाडि भने– “१९५० सन्धिका तहत आएका नेपालीहरुलाई सन्धिमा प्रदत्त अधिकार अनुसारको व्यवहार गरिनु पर्दछ । अन्यथा त्यो सन्धी खारेज गरेर, पञ्चशिलताको आधारमा नयाँ सन्धी गरिनु पर्दछ ।”
त्यस्तै आफूहरुले केवल आफ्नो संगठनको हितमा केन्द्रित नरही सम्पूर्ण प्रवासी नेपालीहरुका पक्षमा विभिन्न समयमा आन्दोलनका कार्यक्रम र मुद्धाहरुको उठान गरेको बताए । उनले भने– “प्रवासी नेपालीहरुलाई मताधिकारको सुनिश्चिता र समानुपातिक प्रतिनिधित्वको मागलाई शुरुदेखिनै हामीले उठाउँदै आएका थियौं, अहिले पनि त्यो माग कायमै छ ।” त्यसका लागि सम्पूर्ण संघ–संस्था, पत्रकार बुद्धिजीवीहरुले सहयोग गर्नु पर्नेमा समेते केसीले जोड दिएका थिए ।
त्यस्तै सोही संगठनका केन्द्रीय सचिव ठाकुर खनालले मन्तब्यका क्रममा आधारकार्ड विना केवाईसी नहुने र नेपालीहरुलाई आधारकार्ड बनाउन नेपालीहरुलाई समस्या रहेको बताए । भारतमा के कति नेपालीहरु छन् र आउने जाने गर्दछन्, त्यसको विबरण नेपाल सरकारले बनाउन चाहेमा सहजै बनाउन सकिने तर सरकारको त्यसतर्फ ध्यान नजानु नेपालीहरुका लागि दु:खको विषय भएको खनालको भनाई थियो । खनालले भारतमा नेपाली मजदूरहरुलाई डोमिशाइल प्रमाण पत्रको अभावमा स्थायी जागिरबाट हातधुनु परेको दु:खद समस्याका बारेमा समेत बताए ।
जन सम्पर्क समितिका प्रतिनिधि प्रमोद खरेलले देशमा विभिन्न प्रकारका राजनीतिक परिवर्तनहरु भएता पनि प्रवासी नेपालीहरुका समस्या ज्यूँका त्यूँ रहेको बताए । त्यसका लागि स्वयं प्रवासीहरुले नै संगठित आन्दोलन गर्नु पर्नेमा समेत उनले जोड दिए ।
नेपाल पत्रकार महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाहको अध्यक्षता र महासचिव गोविन्द पोखरेलद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो । अध्यक्ष शाहले “हामीले नेपाली राजदूतावास मै पुगेर कार्यवाहक राजदूतलाई निमन्त्रणा दिएका थियौं तर आउनु भएन ।” शाहले अगाडि भने “विभिन्न संघ–संस्थाहरुद्वारा प्रकट गरिने गुनासाहरुको सामना गर्न डराउनु भो कि ?”
कार्यक्रममा दिल खत्री, पिताम्बर खत्री, तुल्सी ढकाल, देबेन्द्र केसी, विनबहादुर कुंवरले पनि मन्तव्य राखेका थिए । उनीहरुले भारतबाट नेपाल फोनगर्दा लाग्ने शुल्क घटाउने विषयमा पहल गर्न पत्रकारहरुले नेपाल सरकारको ध्यानाकर्षण गराउन आग्रह त गरे नै स्वच्च पत्रकारिता गर्नका लागि समेत महासंघका पत्रकारहरुले ध्यान दिनु पर्नेमा समेत जोड दिए ।
त्यस्तै कान्तीपुर दैनिकका भारत प्रतिनिधि सूरेशराज न्यौंपाने, अन्नपूर्ण दैनिकका भारत प्रतिनिधि आशा थपलियाले तथ्यपरक समाचार सम्प्रेषणका लागि भारतमा रहेका सम्पूर्ण संघ–संस्थाहरुले आफूहरुलाई सहयोग गर्नुपर्नेमा अपेक्षा प्रकट गरेका थिए ।
(फोटो पत्रकार गोपाल भारद्वाज)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here