0
177

आज आइतबार, २५ मार्च ।

  • युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण मिसनले खसआर्यलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्थाबाट हटाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिएपछि त्यसयता चर्को विवाद उत्पन्न भएको छ।

 

  • निर्वाचन आयोगले चुनावी अनुगमनका लागि कञ्चनपुर जिल्लामा खटिएका, युरोपेली संघ (इयु)का दुई पर्यवेक्षकलाई आचारसंहिता विपरीत कार्य गरेको भन्दै फिर्ता बोलाउने निर्णय गरेको छ।

 

  • नेपाल पत्रकार महासंघ भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाली दूतावासप्रति रोस प्रकट गरेका छन् ।

 

  • पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहे-नूरले एकजना तेस्रो लिङ्गी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ।

 

  • अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले खेलका क्रममा आफूले छल गर्न खोजेको स्वीकारेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले उनलाई एक टेस्ट खेलका लागि निलम्बन गरिदिएको छ।

 

  • क्याटलोनियाका पूर्व नेता कारलस पूज्डमोनलाई जर्मनीमा हिरासतमा लिइएको उनका वकिलले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here