मेरो सुन्दर प्यूठान स्वर्गद्वारी

0
482

मेरो सुन्दर स्वर्गद्वारीको अग्लो त्यो चुचुरो
फेदिमा माडी नदी अनि यता लिब्जा खोला
उता कोचिबाङ्ग, अनी सुन्दर दाबाङ्ग
यता जोगीमारा गाउँको सुन्दर ताल, बस्ती
बाझका बोटहरु त्यसैमा सुन्दर हरियो बगैचा
माथि सुन्दर अग्लो देखिने त्यो चुचुरो
त्यही हो मेरो सुन्दर स्वर्गद्वारी प्यूठान ।

त्यो उकाली–ओराली काखमा धारमपानी बजार
नियाल्दा देख्न सकिने बेल्वास सिसनेरी लेख
भिंग्री, बाझिपुर, सारीको मनोरम प्राकृतिक सुन्दरता
पारी देखिने दाङ्गको वरकालो, डाँडाँगाउँ, ढुङ्गा फाल्ने लेख
अनि तल स्कूल त्यही थियो मैले अध्ययन गर्ने पाठशाला
सुन्दर उकाली अनि भङ्गज्याङ थातिको चौतारी
संधै हिड्थें म अनि मेरा वाल सखाहरु
त्यही हो हाम्रो सान धार्मिक स्थल स्वर्गद्वारी ।

बिभिन्न हरियालीसँगको सुन्दर त्यो नौरंङ्गी
छैन तृष्णा, सबै हाँसी बोल्छन् साथी संगी
चैत बैसाखमा रंगीने गुराँसका थुंगाहरुले
त्यो ठाउँ कञ्चन सुन्दर देखिने
त्यही हो मेरो सुन्दर स्वर्गद्वारी प्युठान ।

सुन्दर हिमाल हाँस्छन् बिहानै आँखा खोल्दा
मनै लठ्ठिन्छन् बिभिन्न चाराचुरूंगी बोल्दा
हेर्दै सुन्दर छन् ति हरियाली डाँडाकाँडा
त्यहीं वितेको थियो मेरो वाला काल
कति सुन्दर हाम्रो त्यो बस्ती अनी गाउँ
त्यही हो मेरो सुन्दर स्वर्गद्वारी प्युठान ।

पाखा पखेरिले पनि गाउँछन् त्यहाँ राष्ट्र गित
पहराले पनि लाउँछन् त्यहाँ मावसँग प्रित
खोज्छौं जहाँ भेटिन्छन् त्यहाँ रमणीय ठाउँ
त्यही हो मेरो स्वर्गद्वारी प्यारो नाउ
त्यही हो हाम्रो सुन्दर स्वर्गद्वारी प्युठान ।

–नविन बस्याल,
स्वर्गद्वारी नगरपालीका–२ प्यूठान,
हालः लखनऊ, भारत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here