श्रमिक महिला दिवसमा महिलाहरु वानेश्वरदेखि माइतीघरसम्म

0
293

काठमाडौं । १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँने क्रममा महिला नेतृहरुले वर्तमान वामपन्थी सरकार महिलाहरुका कारणले बनेको दाबी गरेका छन् । बिहीबार काठमाडौमा आयोजित र्याली तथा कोणसभालाई सम्बोधन गर्दै महिलाहरुले सो दावी प्रस्तुत गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय जनमोर्चा निकट महिला संगठनका नेतृ, बुद्धिजिवी, अधिकारकर्मी लगायत कार्यक्रममा सहभागी भएका थिए ।

नेकपा एमालेकी पोलिटब्यूरो सदस्य तथा पूर्व उर्जामन्त्री राधा ज्ञवालीले बाम दलहरुलाई जिताउने मतदाता अधिकांस महिलाहरु भएको बताइन् । “संविधानले सामन्ती कानुनलाई खारेज गरे पनि पुरुष प्रधान सोंच भने अझै हटिसकेको छैन” नेतृ ज्ञवालीले भनिन् ।

अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष तथा सांसद अमृता थापा मगरले बाम गठबन्धन सरकारमा पनि महिलाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा जोड दिइन् । “नेपाली महिलाहरुले हाँसिल गरेको उपलब्धि गुम्न सक्ने भएकोले सबै तह र तप्काका महिलाहरु त्यसको रक्षाका लागि एकजुन हनु पर्ने छ” भनिन् ।

राष्ट्रिय जनमोर्चाकी नेतृ मिना पुनले महिलाहरुले आफ्नो क्षमता उजागर गर्दै घरबाट बाहिर निस्किनु पर्नेमा जोड दिइन् । “लैंगिक समानता एकै दिनमा हासिल हुन सक्दैन, यसका लागि निरन्तरको प्रयास र समर्पण चाहिन्छ” नेतृ पुनले थपिन् ।

नया बानेश्वरको एभरेष्ट होटेलबाट विभिन्न नारा लगाउँदै शुरु भएको सो र्याली माईतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here