भारतीय विस्तारवादको मिचाहा प्रवृतिको मशालद्वारा विरोध

0
25

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले भारतको मिचाहा प्रबृतिको बिरोध गरेको छ। मशालका प्रवक्ता रामबहादुर बुढाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै भारतीय ज्यादतिको बिरोध गर्नुभएको हो । बुढाद्वारा जारी वक्तव्यमा भनिएको छ- “दार्चुला जिल्लामा भारतीय पक्षबाट अनाधिकृत ढङ्गले भौतिक संरचना निर्माण गरेकाले महाकाली नदीको धार नै परिवर्तन भए पछि उत्पन्न समस्याले गर्दा नेपाली र भारतीय नागरिकहरुका विचमा अशान्ति उत्पन्न भएको समाचार प्रती नेपाल कम्युनिस्ट पार्टी ( मशाल) को ध्यान आकर्षण भएको छ ।

महाकाली नदीले धार परिवर्तन गरे पछि नेपाल तर्फ त्यसले गर्ने असरलाई ध्यान दिएर नेपाली जनताले भारतीय मिचाहा प्रवृतिको विरोध गर्दा भारतीय पक्षबाट ढुङ्गा प्रहार गर्दा केही नेपाली बालबालिकाहरु घाइते भएकाछन। जनताहरु बिरोधमा उत्रँदा समेत नेपाल सरकारले चासो नराख्नु राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति हो। हामी भारतीय विस्तारवादको मिचाहा प्रवृतिको विरोध गर्दछौं ।नेपाल सरकारले यो समस्यालाई समाधान गर्न भारतीय पक्ष सित अविलम्व कुटनैतिक पहल गर्म जोडदार माग गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here