-सुरेशकुमार पान्डे
अहिलेता सरकारले बिरोध जनाउन थालेकोछ,
भन्छन ठाउँ ठाउँ सचेत भएर उसले भालेकोछ।
तर अन्तरराष्ट्रमा लैजान किन थरथरी काँप्योत,
किन की भारु दिएर बेला बखतमा पालेकोछ।
सत्ता पनि खुस्किन सक्छ आका लाई रिस उठे,
बिगत को कयौँ पटक सरकार सत्ता ढालेकोछ।
थाहा छ सत्ताधारी लाई डराउँदैन मात्र थरथर ले,
उठेको त्यो जोशलाई सुस्त सुस्त फेरि गालेकोछ।
कता गयो सुरुङ युद्ध कता गयो असमान सन्धी,
त्यो सबै ता सरकार बनेपछि रद्धिमा फालेकोछ।
जिवनभरी वार्गनिङ खेल खेल्ने मौका परस्तहरु,
कहिलेकसो देखाउँन लाई पनि मसाल बालेकोछ।
कस्को हुँन्छ हिम्मत अर्का को स्वाभिमान खोस्ने,
दलालिपनले ता देशको गरिमा नै खसालेकोछ।