गजल
-सुरेशकुमार पान्डे
ति रक्सि र मासु पस्किनेहरु कता बिलाए देखिन,
चुनावको घोषणा पत्रलाई कता मिल्काए देखिन ।
उनै जनता हुँन यिनीहरु जो लाचार भएकाछन हेर,
कस कस्ले यता भोकालाई खाना खिलाए देखिन ।
कतै एक किलो आलुमा छ जानाले फोटा खिचाए,
अरु गरिबहरु लाई के–के समानहरु दिलाए देखिन ।
चिल्ली बिल्ली छ देश र बिदेशमा शन्तानको हेर,
ति महान पार्टीहरुका नेताहरुले के पिलाए देखिन ।
भन्छन हाम्रो देश स्वतन्त्र र अखण्डित रहिरहनेछ,
सरकारले छिमेकिसँग मनमुटु केले सिलाए देखिन ।
सरकारले सँधैभरी भन्छ भ्रष्टचार मुक्तछ हाम्रो देश,
समाजभित्र बिषालु झार यहीँछ के जिलाए देखिन ।