गजल
-सुरेशकुमार पान्डे
महिँला लाई अधिकार बिहिन पार्दा दुखःलाग्छ,
मान्छे बाट नि समाज मा तल झार्दा दुखःलाग्छ।
जनम शिद्ध अधिकार नहुँदा पुरुष सरह समान,
पनपक्ष्य गरेर समाज बाटै पर सार्दा दुखःलाग्छ।
एउटै रथका दुई पाङग्रा हुन श्रृष्टिकर्ता नारि हरु,
हक अधिकार नै सदियौँ देखि टार्दा दुखःलाग्छ।
संबेदनशिल अबस्था मा छाउ पिडि तिर सार्छन,
तिता पिरा बचनहरु ले जिउँदै मार्दा दुखःलाग्छ।
कसैले माडल कसैले कटपुत्लि बनाएर राख्छन,
धन बटुल्ने दाउँमै उनिहरु्लाई नार्दा दुखःलाग्छ।
खान र लगाउँन आजिवन दाश जस्तै बनेर नारी,
आफ्ना आकंक्षाहरु नै आँसुमा तार्दा दुखःलाग्छ।
पुँजिवादी पुरुष पर्दाधन समाजले दिन रात यँहा,
आफ्नै आमालाई पनि अकार्ण खार्दा दुखःलाग्छ।
आमा,छोरी बुहारी अनि दिदि बैहिनी बनेर रमाउँदै,
सामाजिक भुमिकामै जितेर पनि हार्दा दुखःलाग्छ।
आधा धर्ति र आकास को भावन लाई कुण्ठित गर्दै,
उनैको हक र अधिकार मा बारनै बार्दा दुखःलाग्छ