सबैभन्दा सुखी चरो !

0
510
बनमा बस्ने एउटा काग आफैमा सुखी र सन्तुष्ट थियो । तर जब उसले पहिलो पटक एउटा हाासलाई देख्यो, ‘ओही झ् हाँस कति सेतो र सफा झ् म त कालो र फोहोरी पो रहेछु झ्’ भन्ने सोचेर दु:खी हुन थाल्यो । कागलाई लाग्यो, हाँस संसारकै सबैभन्दा राम्रो मात्र होइन सुखी चरो पनि हुनुपर्छ ।
कगले आफ्नो मनको कुरा हाँलाई बतायो । हाँसले भन्यो, “हो भाइ† सुगालाई नदेख्दासमम म पनि आफूलाई सबैभन्दा राम्रो र सुखी ठान्थें । तर, जब त्यो रंगीचंगी र मनमोहक सुगा देखें, त्यसपछि त सुगा नै सबैभन्दा सुखी र राम्रो पक्षी होला भन्ने मानेको छु ।”
कग त्यसपछि सुगाकहाँ पुग्यो । हाँस र आफूबचि भएका सबै कुरा बतायो । त्यसको जवाफमा सुगाले भन्यो, “हो काग भाइ, मयूरको सौन्दर्य नदेख्दासमम म आफूलाई नै सुन्दर र सुखी ठान्थें । तर मयूर त मभन्दा धेरै राम्रो र सुखी रहेछ ।”
काग चिडियाघरमा पुग्यो । त्यहाँ मयूर हेर्न सयौं सयौं मान्छेको भीड लागेको थियो । भीड नहटुन्जेल काग पर्खिएर बसिरह्यो । जब मोका मिल्यो उसले मयूरलाई भन्यो, “तिम्रो सौन्दर्य हेर्न यत्तिका मान्छे आउँदा रहेछन् । मलाई त देख्ने वित्तिकै ‘कालो काग’ भनेर ढुंगाले हान्छन् । मेरो विचारमा, संसारमा सबैभन्दा सुन्दर र सुखी चरा त तिमी पो रहेछौं ।” मयूरले उदास हुँदै जवाफ फर्कायो, “हो काग भाइ† पहिला मलाई  पनि तयस्तै लाग्थ्यो । तर, जब आफ्नै सौन्दर्यका कारण पक्राउ परेर यहाँ थुनिन पुगें, तब मैले थाहा पाएँ काग नै संसारमा यस्तो चरो रहेछ जसलाई चिडियाखाना अथवा पिंजडामा थुनेर राखिंदैन । त्यसैकारण मेरो निष्कर्ष छ– काग अर्थात् तिमी नै संसारको सबैभन्दा सुखी पक्षी हौ ।”
अब तपाईको दृष्टिमा कुन होला सुन्दर र सुखी चरो ?
(यो रचना हामीले शिक्षक पत्रिका अंक १४५ बाट लिएका हौं ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here