घाेराही । अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले एमसीसी पास गराउन संसदमा महाकाली सन्धी अनुमोदनका बेला जस्तै सांसदहरु खरिदविक्री चल्नसक्ने भन्दै जनताले खवरदारी गर्नुपुर्ने बताउनुभएको छ ।
अखिल नेपाल जनजाती सम्मेलनको तेस्रो दाङ जिल्ला सम्मेलनलाई शुक्रबार घोराहीमा उद्घाटन गर्दै महासचिव बुढाले उक्त कुरा बताउँदै भएको हो । कथंकदाचित सुरासुन्दरी प्रयोग गरेर कतिपयलाई बिदेश भ्रमणमा पठाएर संसदबाट यसलाई पारीत गरियो भने पनि देशभक्त जनताको आन्दोलनको आँदीबेहरीले एमसिसिलाई सडकबाट खारेज गरिदिने चेतावनी दिनुभयो ।
सम्मेलन उद्घाटन मन्तव्यकै क्रममा अगाडि भन्नुभयो– “एमसिसि इन्डोपेसिफिक रणनीति कै अङ्ग हो । यद्यपी अमेरिकाले अहिले नै सेना ल्याउछु भन्दैन तर उसको योजना भबिस्यमा सेनाको आधार सिबिर खडा गर्ने हो। उ चिनको खतरा देखाएर सेना ल्याउन चाहान्छ । नेपाली आमाको छातीमा परेड खेल्न चाहन्छ ।”
सरकारले जनजाती अधिकार सुनिश्चित गर्नेतिर ध्यान नदिएर उल्टै जनजातिहरुलाई बिभाजित गरेर अलमल्याउने काममा लागिरहेको आरोप लगाउँदै महासचिव बुढाले अगाडि भन्नुभयो– “समग्र जनजातिको सुचि पुर्नमुल्यङ्कन गर्न जरुरी छ । थारुबाट हचुवाको भरमा गत माघ २० गते राना थारुलाइ छुट्टाउने मन्त्रीपरिसद्को निर्णयले समस्या सुल्झाउने नभयर बल्झाउने देखिन्छ । सरकार र कथित ठुला पार्टी मुक्त कमैया, हलिया, हरुवाचरुवा, सुकुम्बासी, भुमिहिनहरुको समस्या समाधान गर्न चाहेका छैनन । यदि उनीहरुको सामाजिक आर्थिक स्थिती सुध्रियो भने कसलाई शोषण गरौंला र चुनाबमा कस्को मत खरिद गरौला भन्ने चिन्ता छ उनीहरुमा । सरकारमा जुनसुकै पार्टी होस यो सत्ता प्रतिकृयाबादी नै हो । शोसित बर्गको सत्ता नआउदासम्म जनजातिहरुको पनि समस्या समाधन हुदैन । यो कुरालाइ ध्यान दियर सङगठन र संघर्ष अगाडी बढाउन जरुरी छ ।”
सम्मेलनलाई अनेयुसङका पुर्ब केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, रास्ट्रिय जनमोर्चाका दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टीका बहदुर बिक, अखिल नेपाल किसान महासंघ केद्रीय कोषाध्यक्ष प्रेमनाथ अचार्य, मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका राष्ट्रिय पार्सद शुरेश कुमार पान्डेय, अखिल नेपाल किसन महासंघका दाङ जिल्ला अध्यक्ष मिनु प्रसद सुवेदी, अखिल नेपाल युबक सङका दाङ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई । तराइ मधेस जनबादी मोर्चाका केन्द्रिय कोषाध्यक्ष बुदर अली, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिब तुलसिराम पन्थी, अखिल छैठौंका ५ नं. प्रदेश सदस्य रिसब अचार्य, अखिल नेपाल महिला सङका जिल्ला सचिब शारदा थापा, अखिल नेपाल शिक्ष्क सङका जिल्ला सद्स्य ओमबहादुर मगर अखोल नेपाल उद्धोग व्यापार सङ्हका जिल्ला कोषाध्यक्ष हरी खरेल र अखिल नेपाल बुद्धिजीवी सङका जिल्ला सदस्य टोपाराम भट्टराईले सम्मेलन सफलताको शुभकामना दिुनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता रामबहादुर जिएम र सन्चालन दलबहादुर घर्तीले गर्नुभएको थियो भने रमेशमान गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन समारोहमा रक्तिमका कलाकारहरुद्वारा विविध सस्कृतिक प्रस्तुती दिएका थिए । उद्घाटन समारोह पूर्व जुलुसले घोराही बजार परिक्रमा गरेको थियो ।
सम्मेलनले अध्यक्षमा रामबहादुर जिएमलाई र सचिवमा दलबहादुर घर्तीलाई निर्वाचितः
सम्मेलनले रामबहादुर जिएमको अध्यक्षतामा तेह्र सदस्यीय जिल्ला समिति चिर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रमेशमान गुरुङ, सचिबमा दलबहादुर घर्ती, सहसचिबमा दोर्ण घर्ती र कोषाध्यक्षमा मङ्गल बहदुर घर्ती निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः सेर बहादुर पुन, जितबहादुर पुन, जगदिश चौधरी, सुन्दर चौधरी, शीला चौधरी, रामबहादुर घर्ती, बैकल्पिक सदस्य लक्ष्मी बुढा र एक स्थान रिक्त राखिएकाे छ ।
सल्लाहकारमा मनबहादुर गुरुङ, ओमबहादुर मगर र भौन चौधरी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष जिएमले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै आफूलाई सम्मेलनले ठूलो जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै आफूले उक्त जिम्मेवारीलाई इमानदारिताका साथ निर्वाह गर्ने बताउनुभयो । नवनिर्वाचित समितिलाई प्रमुख अतिथि बुढाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनूभएको थियो । रमेसमान गुरुङ, ओमबहादुर मगर र दओर्ण घर्ती रहेको तिन सदस्यीय अध्यक्षमण्डलले बन्दसत्रको संचालन गरेको थियो ।