संघीयता विरुद्ध काठमान्डौ मार्च २०७६ को तयारीको लागि नवलपुमा भेला

1
137

नवलपुर । अखिल (छैठौ) ले आगामी चैत्र १ देखि ५ गतेसम्म संचालन गर्न लागेको संघीयता विरुद्ध काठमान्डौ मार्च २०७६ को तयारीको लागि नवलपुरको हुप्सेकोट गाउपालिकामा भेला सम्पन्न भएको छ । भेलाले सर्मिला नेपालीको अध्यक्षतामा १६ सदस्यीय समिति चयन भएको छ । जसको उपाध्यक्षमा सुमन बुढा मगर सचीव स्मृति गुरुङ ,इन्द्रबती पान्डे सह सचीव शारिका मल्ल र सदस्यहरुमा सबिता तामाङ, भुमा थापा, दुर्गा महतो, सपना राना, सुमन गिरि, निरु महता,े सुन्दर पुन, राहुल थापा, बिनिता गुरुङ, सोनु गुरुङ र सोयता गुरुङ रहनु भएको छ ।  भेलामा केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले प्रशिक्षण गर्नु भएको थियो ।

यसैगरी नवलपुरको कावासेती नगरपालिकामा पनि छैठौंको सम्पन्न भएको छ । भेलाले पुनम घिमिरेको अध्यक्षतामा १४ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्राजिता केसी. सचीवमा दीक्षा अधिकारी, सहसचिवमा सुजिता न्युपाने र कोषअध्यक्षमा आकर्षण केसी चयन भएका छन् । यसैगरि सदस्यहरुमा रक्षा अधिकारी, रचना अधिकारी, रसिला अधिकारी, अप्सरा केसी, दिसान्त अधिकारी, आयुस्का लम्साल, प्रज्वल मल्ल र निस्चल गिरि रहेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here