एमसीसी लागू भए नेपालको संविधान नै निस्क्रिय हुनेः महासचिव शर्मा

0
166

जीवन शाही
सुर्खेत । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले नेपालमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लागू भए नेपालको संविधान नै निस्क्रिय हुने चेतावनी दिएकाछन् । सुर्खेतमा क्रियाशील विभिन्न ९ राजनीतिक दलले शुक्रबार सुर्खेतमा आयोजना गरेको एमसीसी र सीमा अतिक्रमण विरुद्ध बोल्दै महासचिव शर्माले एमसीसी नेपालका लागि अभिषाप हुने बताए ।

अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अंगको रूपमा रहेको एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध भएको बताउँदै महासचिव शर्माले सम्झौतालाई संसदबाट अनुमोदन नगर्न आह्वान गरे । एमसीसी सदनबाट पारित भए मुलुक अमेरिकी शैन्य अड्डा भन्ने भएकोले भोली हाम्रो हालत पनि सिरिया र अफगानस्तान जस्तै बन्ने भएकोले यसको खारेजीका लागि सम्पूर्ण देशभक्त जनसमुदायहरूलाई उक्त एमसीसी सम्झौताको विरुद्ध सङ्घर्षमा उत्रिन आह्वान महसचिव शर्माले गरे ।

नेकपा माओवादी क्रान्तिकारी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद्, नेकपा मसाल लगायतले एमसीसी परियोजना खारेजीको माग गर्दे आयोजना गरिएको बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव शर्माले राष्ट्रियता रक्षाको प्रश्नमा सम्पूर्ण देशभक्त शक्तिहरुलाई एकजुटहुन आग्रह गरेकाछन् ।

त्यस्तै नेकपा माओवादी क्रान्तिकारीका स्थायी समिति सदस्य रामसिंह श्रीसले नेकपाको सरकारले एमसीसी परियोजना संसद्बाट अनुमोदन गराएको खण्डमा आफूहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।‘

आयोजना नेपाल र नेपालीको हितमा छैन । त्यसमा भएका राष्ट्रघाती प्रावधान हामी कसैलाई पनि स्वीकार्य छैन,’ उनले भने, ‘यदि यो पारित भएको खण्डमा हामी आन्दोलनमा जान बाध्य हुनेछौं ।’

देशभक्त जनगणतान्त्रिक मोर्चाका कर्णाली प्रदेश संयोजक दिपकबहादुर शाहीले सरकारले लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे । ‘हामी हाम्रो भूमि कसैबाट लुटिन दिदैंनौं,’ उनले भने, ‘लिपुलेक र लिम्पियाधुरासहित भारतले जारी गरेको नक्साबाट हटाइ नेपालको नक्सामा तत्काल समेट्न सरकार तयार होस् । नभए हामी आन्दोलनको आँधीबेहरी सिर्जना गर्न तयार छौं ।’

बिरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशका इन्चार्ज चक्रपाणी शर्मा, नेकपा (माओवादी केन्द्र)का पीवीएम नरेश शाही, नेकपा (माले) का केन्द्रीय सदस्य बलबहादुर गिरी, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाही, नेकपा (मसाल) का सुर्खेत जिल्ला प्रवक्ता मोहन थापालगायत नेताहरुले सम्बोधन गरेका थिए ।

मंगलगढि चोकबाट सुरूभएको जुलुस पिपलचौतारीमा पुगेर बिरोध सभामा परिणत भएको थियो । सभाको बिच–बिचमा रक्तिम कलाकारहरूले जनवादी गित र नृत्य प्रस्तुत भएको थियो ।

सभाको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का कर्णाली प्रदेश संयोजक दिपक बहादुर शाही र सञ्चालन राजमो कर्णाली प्रदेशका सदस्य अम्बर बहादुर नेपाली तथा स्वागत नेकपा मालेका प्रदेश सदस्य एम बहादुर थापालेले गरेकाथिए । शुक्रबार नेकपा (मसाल) सहित नौ दलले एमसीसी र सीमा अतिक्रमण विरुद्ध सातवटै प्रदेशमा जनप्रदर्शन तथा विरोध सभा गरेका छन् ।

याे पनि पढ्नुस्- नेपाली जनता अँध्यारोमा बसे भनेर एमसिसी आएको हो र ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here