गजल
- नवीन बस्याल, प्यूठान
हाल जापान
हुन्छ बिकाश भने नेता म झुकेर बसें
युवा अबस्थामा घरमै म लुकेर बसे !!
रहिछ खाँचो यो देशलाई युवा जंगको
अब नभुलौं साथी हिजो म चुकेर बसें !!
रोजगार छैन युवा सबै परदेशमा
आँखा खोल ब्यूँझ पहिले म ढुकेर बसें !!
शहर झलमल्ल गाँउघर अध्यारोमा
बेईमान भए गफैगफ फुकेर बसें !!
कहीं जिन्दाबाद त मुर्दाबाद नारा थिए
लैलैमा भएको खेतबारी थूकेर बसें !!
न आयो समाजबाद न आयो साम्यबाद
तर घोक्याउदै गाउँ बस्ती भुकेर बसेें !!