बेचियो हाम्रो सिमानामा…

0
71

गजल

-केशव गाह ”पाल्पाली’

बेचियो हाम्रो सीमाना थाहै नपाई बेचियो
टिस्टा देखी त्यो गढवाल सम्म हाम्रै त थियो

भारतीय साम्राज्यवादको ईशारामा आज
बिशाल नेपाल सात टुक्रा टुक्रामा टुक्रियो

जस्लाई देशको सुरक्षार्थ सत्तामा पठायौं
उही आज देशद्रोही गद्दार बनेर उभियो

चप्पल पड्काउँदै राजधानी घुस्नेहरूको
त्यो सानो झुपडी सिसा महलमा बदलियो

देश विकासका तानाबानाहरू आजसम्म
सत्ता भत्ता र कुर्चीको तानातानमै बल्झियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here