१
कि चमक हुनुपर्छ कि धार हुनुपर्छ
आफ्नो लागि आफु वार कि पार हुनुपर्छ ।
छोडिदिनुहोस् दुनियाँले के भन्छ भनेर
चुट्दा चुट्दै फलाम पनि हतियार हुनुपर्छ ।।
२
रोक्न कहाँ सकिदो रहेछ र मनका चालहरु
पोख्न कहाँ सकिदो रहेछ र मनका हालहरु।
मन बुझाउने बाध्यता छ अत्यास लाग्दा
शब्द विहीन हुने रहेछ कतिपय सवालहरु ।।
३
झरीपछि सफा देखिने,खुल्ला आकाश हो जिन्दगी
शरीरमा श्वास हुंदा सम्म साँचिने, आस हो जिन्दगी ।
तितामिठा उल्झनमा अल्झिएर के गर्नु
धर्तीमा केहीदिन,पाहुनाको बास हो जिन्दगी ।।