३१ डिसेम्बरमा जापानमा भव्य साँस्कृतिक कार्यक्रम हुने

0
350

मेघराज रिष्मेली
मंसिर २६, जापान ।
सबैलाई अबगत भएकै कुरा हो रक्तिम परिवारका गीत र संगीतले सारा श्रमजिवी जनताको भावना समेटेको हुन्छ । त्यसैले त रक्तिम परिवार नेपाल र नेपालीको मन मुटुमा बस्न सफल छ । त्यसैले यो वर्षको अन्त्यमा जापान नेपाली एकता समाजले सँधैका वर्षहरुमा जस्तै साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

अंग्रेजी नयाँ बर्ष २०१८ डिसेम्बर ३१ मा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी हुन आएको छ । यो बर्ष रक्तिम साँस्कृतिक परिवारको एकल कार्यक्रम साथमा नौमती बाजा समूहको बेजोड प्रस्तुती र नेपालबाट आमन्त्रित कलाकार सहितको कार्यक्रम गरिने समाजले जनाएको छ ।

“कलाकारको नामावली अर्को समाचार या सुचना मार्फत जानकारी गराउने छौँ” आयोजक समितिका एकजान सदस्यले भने– “हो, हामी सबै बिधाका कला र संस्कृतिलाई माया र सम्मान गर्दछौं, जसले नेपाली समाजको सकारात्मक मानसिकतालाई बिकाश गर्न टेवा दिन्छ । हामीले बिगतका नयाँ बर्षका कार्यक्रमहरूमा बिभिन्न बिधा र क्षेत्रमा सम्बद्ध कलाकारहरूलाई एउटै मञ्चबाट कार्यक्रम गराई जापानमा रहनुहुने नेपाली समुदायमा केहि अभिष्ठ उद्धेश्यका साथ मनोरन्जन प्रदान गरेका थियौं ।”

जापान नेपाली एकता समाजले भर्खरै मात्र गोबिन्द सापकोटा, गौमाया भुजेल, बाग्लुङका पत्रकार बिजय राना, संजय खत्रीको परिवार, जयलाल बिकको परिवार, खोटांग, सर्लाही, बागलुंग, धादिंग र सिन्धुपाल्चोकमा भूकम्प पिडीतहरुलाई सहयोग गरेर जापान वासी नेपालीहरु बीच अमिट छाप छोड्न सफल भएको छ ।

त्यस्तै जापान नेपाली एकता समाजले देशमा हुन विभिन्न प्रकारका परिवर्तनका आन्दोलनहरुमा समेत आर्थिक नैतिक सहयोग र समर्थन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here