काठमाडौँ । अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) ले १३१ औँ अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । काेराेना भाइरसकाे संक्रमणका कारण करिव करिव विश्व नै लकडाउनकाे अवस्थामा रहेकाे छ । नेपाल पनि लामाे समयदेखि लकडाउनकाे अवस्थामा रहेकाे कारण खुल्ला र भव्य रूपमा मे दिवस मनाउन असमर्थ रहेकाे कारण अन्टुकले प्रेसवक्तव्य मार्फत् शुभकामना दिएको हो ।
अन्टुकका अध्यक्ष नारायण सापकोटा मे दिवसकाे दिन पारेर शुक्रवार एक वक्तव्य जारी गर्दै शुभकामना प्रदान गर्नुभएकाे छ । मे दिवस मजदुरको एकता, बलिदानी र विजयको प्रतीक बताउँदै वक्तव्यमा नेपालमा भने मजदुर तथा श्रमिकको समस्या अझै गम्भीर रूपमा विद्यमान रहेको बताइएको छ । तत्कालका लागि लकडाउनका कारण उत्पन्न समस्या समाधान गर्न तथा त्यसपछि मजदुरका गम्भीर प्रकृतिको समस्या समाधान गर्न अन्टुकले वक्तव्यमार्फत माग गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ :
“आज मजदुरहरूको महान् पर्व १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस हो । हामी मे आन्दोलनलगायत सर्वहारा वर्गीय मुक्ति आन्दोलनका सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण श्रमिक मित्र एवम् न्यायप्रेमी जनसमुदायमा शुभकामना प्रकट गर्दछौँ ।
मे दिवस श्रमिकले ८ घण्टाको कार्यदिवसका लागि आजभन्दा १३४ वर्षपहिले १८८६ मे १ मा बलिदानी सङ्घर्ष सुरु गरेको ऐतिहासिक दिन हो । अमेरिकाको सिकागो शहरका मजदुरले लगातार प्रदर्शन गरे । उक्त प्रदर्शनमाथि सरकारले निर्मम दमन ग¥यो । प्रहरीको गोलीबाट कैयौँ मजदुरले सहादत प्राप्त गरे भने सयौँ मजदुर घाइते बने । कैयौँलाई झुटा मुद्दा चलाएर फाँसी दिइयो । तर मजदुर वर्गको आन्दोलन रोकिएन । आगोको ज्वाला झैँ अमेरिकाका अन्य शहर तथा युरोपभरि फैलियो । यही बलिदानी सङ्घर्षको सम्मान गर्दै र सङ्घर्षलाई अझ उचाइमा पु¥याउन आह्वान गर्दै १८८९ मा पेरिसमा सम्पन्न समाजवादीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई व्यापक प्रदर्शनसहित मे दिवसको रूपमा मनाउने निर्णय ग¥यो । त्यसपछि १९९० देखि प्रत्येक वर्ष मे दिवस विश्वव्यापी रूपमा मनाउन सुरु भयो । केही वर्षको सङ्घर्षले सफलता प्राप्त भयो । अमेरिकामा ८ घण्टाको कार्यदिनले कानुनी मान्यता प्राप्त ग¥यो । त्यसकारण मे दिवस मजदुर वर्गको एकता, बलिदानी एवम् विजयको प्रतीकको दिन हो ।
आज यो महान् पर्व भव्यतापूर्वक मनाउने दिनमा संसारका श्रमिकहरू दोहोरो मारमा परेका छन् । एकातर्फ, साम्राज्यवादद्वारा सृजित युद्ध, हस्तक्षेप, आर्थिक सङ्कट, पुँजीको केन्द्रीकरण आदि कारणले लाखौँ मानिसको अकाल मृत्यु भएको छ, घाइते बनेका छन्, करोडौँ मानिस घरवारविहीन र शरणार्थी बन्न पुगेका छन्, करोडौँ बेरोजगार बनेका छन् भने मजदुरहरूको सेवा र सुविधा कटौती भएको छ । अर्कोतर्फ, कोरोना भाइरस सङ्क्रमणको निहुँमा समेत विश्वव्यापी रूपमा श्रमिकलाई कामबाट हटाउने कार्य भएको छ । मजदुरहरू भोकभोकै प्रताडित हुनुपरेको छ । श्रमिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको छ । आज प्रवासी नेपाली श्रमिकको समेत बिचल्ली भएको छ । सङ्कटका बेला मजदुरलाई कामबाट निकाल्ने र अलपत्र पार्ने अमानवीय कार्यको हामी भत्र्सना गर्दछौँ । विदेशमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीको तत्काल उद्धारका निमित्त सरकारसमक्ष माग गर्दछौँ ।
नेपालमा आज पनि श्रमिकहरू अस्थायी, करार र ज्यालादारीमा, अनि न्यून तलबमा काम गर्न बाध्य छन् । अनौपचारिक (असङ्गठित) क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाको कुनै प्रबन्ध छैन । औपचारिक क्षेत्रको सामाजिक सुरक्षा अपूर्ण छ, जुन प्रभावकारी कार्यान्वयन भएको छैन । संविधानमा व्यवस्था गरिएको नागरिकका मौलिक हक शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्यान्नको अधिकार कागजमा मात्र सीमित छन् । देशको अर्थतन्त्रमा परनिर्भरता बढ्दो छ । भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छ । उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने सङ्कल्प र योजना छैन । कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीको कारण काम बन्द भएपछि श्रमिकको दैनिकी कष्टकर बनेको छ । यस्तो सङ्कटमा सरकार भने अहङ्कार र आन्तरिक सत्ताद्वन्द्वमा फसिरहेको छ, जो निन्दनीय छ ।
बन्दाबन्दीका कारण रोजगारी बन्द भएका मजदुर एवम् न्यून आय भएका जनतालाई तत्काल प्रभावकारी राहत र पुनस्र्थापनाको व्यवस्था, बिरामीको सुलभ उपचारको व्यवस्था, श्रमिकको न्यूनतम तलब नेपाल सरकारको कार्यालय सहयोगीसरह हुने गरी वृद्धि, सबै श्रमिकको स्थायी नियुक्ति, सामाजिक सुरक्षाको प्रबन्ध, उत्पादन र रोजगारी वृद्धि गर्ने क्षेत्रमा सरकारको लगानीको व्यवस्था, श्रमिक विरोधी ऐनकानुन खारेजी, कार्यरत स्थानबाट मतदानको व्यवस्था आदि हाम्रा आजको मुख्य सरकोकारका विषय हुन् ।
लकडाउनका कारण आजको मे दिवस भव्य रूपमा मनाउन सम्भव भएन । तैपनि विद्युतीय प्रविधिको आधारमा अन्तरक्रिया र शुभकामना आदानप्रदान गर्ने प्रयत्न हुने छ । उच्च मनोबल, सतर्कता, अनुशासन, सक्रिय दैनिकी र एकताबाट नै हामी यो सङ्क्रमण र मृत्युको भयबाट बच्च सफल हुने छौँ । मानव तथा प्रकृतिबाट सृजित सबै प्रकारको सङ्कट र शोषणबाट मुक्तिको सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउन र समानताको दिन ल्याउन सफल हुने छौँ । मे दिवसको इतिहासले हामीलाई यही शिक्षा दिएको छ । अन्तमा पुनः आर्दिक शुभकामना व्यक्त गर्दछौँ