विश्व भरका मजदुर एकजुट भई उठौं

0
40

– लक्ष्मी रिजाल

विश्व भरका मजदुर एकजुट भई उठौं । ।
संसार सारा मुक्त गर्न संघर्षमा जुटौं ।।

शोषणको जालो झनै बढदैछ दिन्दिन ।
अन्याय सहेर अब नबसौं एकछिन ।
विश्व भरका….

विभेदको कालो बादल फाटेर घाम लाउँछ ।
गरिब,दुखि,मजदुरको पक्कै दिन अाउँछ ।
विश्व भरका…

सुख हुन्न हाम्लाई यो व्यवस्था पालेर ।
साम्यबाद ल्याउनुछ पुजिबाद फालेर ।

विश्व भरका मजदुर एकजुट भई उठौं ।
संसार सारा मुक्त गर्न संघर्षमा जुटौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here