हाम्रो नेपाल

0
248

नविन बस्याल, लखनऊ

मलाई गाउँ मन पर्छ
तिमी शहर घर लिने कुरा गर्छौ
मलाई हरियाली मन पर्छ
तिमी झकमक्क तिर झरौं भन्छौ
मलाई ढिंदो गुन्द्रुक मन पर्छ
तिमी मसिनो मिठो भन्छौ
मलाई साधारण अचार खाना मन पर्छ
तिमि महंगो पिज्जा र वर्गर भन्छौ
मिठो हुन्छ गाउँ घरको सामीप्य
!!
मलाई गाउँको स्कूल मन पर्छ
तिमी शहरको बोर्डिङ्ग भन्छौ
मलाई गाउँको चौतारी मन पर्छ
तिमी शहरको बजार भन्छौ
मलाई पुराना दौतारी मन पर्छ
तिमी बिर्सिदेउ भन्छौ
मलाई पुर्खेउली झुपडी मन पर्छ
तिमी शहरको महल भन्छौ
बुझ मिठो हुन्छ गाउँको सामीप्य
!!
मलाई पैदल यात्रा मन पर्छ
तिमी मोटर कार भन्छौ
मलाई नेपाली पोशाक मन पर्छ
तिमी जिन्स टिसर्ट भन्छौ
मलाई गुन्द्रीमा सुत्न मन पर्छ
तिमी फोमको ब्याड भन्छौ
मलाई बलियो चप्पल मन पर्छ
तिमी अग्ला एडी भएका जुत्ता भन्छौ
मलाई निकै मन पर्छ गाउँको समीप्यता
!!
मलाई सिंगो नेपाल मन पर्छ
तिमी संघीय ब्यबस्था भन्छौ
मलाई स्वायत्त राज्य मन पर्छ
तिमी क्षेत्रीय राज्य भन्छौ
मलाई नेपाली पन मन पर्छ
तिमी अमेरीकाको कुरा गर्छौ
मलाई सयौं जातको एउटै फूलबारी मन पर्छ
तिमी जातीय राज्य खोज्छौ
निकै सुन्दर छ हाम्रो नेपाल ।

आऊ तिमी हामी मिली
सिंगो र रमणीय नेपाल बनाऔं
वर्गीय आन्दोलनको सफलता विना
बर्गीय मुक्ती हुँदैन,
जातिवाद, क्षेत्रीयताबाद विखण्डनबादका मादा हुन्
छोड तिमिले पनि
एउटै नेपाल, हाम्रो नेपालको
साकार सपना पुरा गरौं ।
निकै सुन्दर छ हाम्रो नेपाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here