नई दिल्ली । २०५६ सालमा पूर्वी नेपालको झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ४ जलथलमा माता चम्फा पौडेल र पिता टिकाराम पौडेलको कोखबाट पहिलो सन्तानको रुपमा भएको थियो । मेनुका जन्मजात नै दृष्टि विहिन हुन् । एक सामान्य परिवारमा मेनुकाले सांगित क्षेत्रमा बाढि नै ल्याएकी छिन् ।
नेपाल आइडियलको पहिलो सिजनमा टप ११सम्म पुगेर बाहिरीएकी मेनुकाले विभिन्न सांगितिक एल्वमहरु बाहिर ल्याएकी छिन् । उनले नेपाली मुभिहरुमा समेत आफ्नो मिठो स्वरभरेकी छिन् ।
उनको त्यो मिठो सुमधुर स्वर नेपालमा मात्र सिमित रहेन । उनी यतिवेल भारतको Zee TV ले सञ्चालनमा ल्याएको सारेगामापा मा समेत अडिसन दिएकी छिन् ।
जाने क्या बात है,
निंद नहीं आति, जाने क्या वात है
बोलको गीत उनले अडिसनमा गाउँदा जजहरुले आँखाभरी आँशु ल्याए, अधिकतम ज्यूरीहरु रोए । जज शेखर त बोल्न पनि सकेनन्, उनले आफूलाई मेनुकाको अगाडि अत्यन्तै सामान्य भएको बताए । उनले आफूलाई त्यति धेरै सांगित क्षेत्रमा शिक्षित नमानेको समेत बताए ।
मेनुकाले आफ्नो गायकीबाट ज्यूरीहरुलाई अत्याधिक प्रभाव पारिन् र १०० मा १०० नम्बर पाएर मेघा अडिसनमा प्रवेश पाएकी छिन् ।
https://www.facebook.com/aamatv1/videos/2255446174723013/UzpfSTEwMDAwMDY3NDk0MDE2MzoyMTU1NzM4MjE3NzkxOTg5/