कविता
–देवेन्द्रबस्याल
साथी हो!
मादलको तालमा
नाच्दै जानेहो
मादल कुन सुरतालमा बज्छ
मादलको सुरताल चिनेर
ढीलोढीलो छिट्छिटो
नाच्दै जानेहो।
मादलको तालमा
हातहरू नचाउदै
चारैतिर फैलाउदै
खुट्टा पनि मादलकै तालमा
संगसगै चाल्दै
नाच्दै जानेहो
नाच, तालसूरलाई चिनेर
ठूलो ठाउँ लिएर
दर्शकलाई आकर्षित गर्दै
अगाडी बढ्दै मुसुक्क हाँस्दै
उही तालमा नाच्दै जानेहो।
नाच, एक कला हो
सुरतालको भरमा
कहिले हँसाउदै
कहिले रूवाउँदै
दर्शकको मन जितेर
साथी हो
मादलको तालमा नाच्दै जानेहो ।