पौष ०६, कपिलबस्तु । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) कपिलवस्तुका प्रवत्ता छविलाल गैरेले सरकार डलरको खेलीमा लागेको बताएका छन् । गैरेले इसाई धर्ममा सरकारको संलग्नताको विरोध गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाको चन्द्रौटामा विरोधसभालाई सम्बोधन गर्दै सो अभिव्यक्ति दिएका हुन् ।
“कम्युनिष्ट पार्टीले कम्युनिष्टको नाममा इसाई धर्मको प्रचारमा लागिपरेको र विदेशी डलरको खेती गरिरहेको छ ।” प्रवक्ता छविलाल गैरेले भने– “सरकारमा बसेका दल लगायत आफूलाई ठूला भनाउँदा नेताहरूले देशमा हत्या, हिंसा र बलत्कारका घट्नाहरू दिनप्रतिदिन बढिरहँदा पनि चुप लागेर बसेका छन् ।”
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मीना पोख्रेल, जिल्ला अध्यक्ष दधिराम आचार्य, जिल्ला सदस्य हिमलाल वाग्ले, अखिल नेपाल ट्रेड यूनियन (अन्टुक) का केन्द्रीय सदस्य केहरसिंह अदै लगायतले इसाई धर्मका प्रचार गर्ने संस्था विदेशी मित्रराष्ट्र शक्ति रहेको बताएका थिए । वक्ताहरुले विदेशका प्रमुखलाई नेपालमा बोलाएर इसाई धर्मको प्रचारप्रसार गर्दै सम्मान गर्नुपर्ने विडम्बना रहेको औल्याएका थिए । नेपाली जनताले नसोंचेको, नचाहेको दुःख भोगिरहनु बाध्यता भएको बताउँदै उनीहरुले कदापी स्वीकार्य नरहने जिकिर गरेका थिए ।
“धर्म निरपेक्षेताको रक्षा गरौँ, इसाईकरणमा सरकारको संग्लनताको विरोध गरौँ” भन्ने नाराका साथ राजमोले विरोधसभा गरेको हो ।