कविता
–देबेन्द्र बस्याल
हिजो पनि उस्तै आज पनि उस्तै भोली पनि उस्तै संधैंभरी उस्तै उस्तै आषा थियो हाम्लाई पक्कै भोली फेरीनेछन दिनहरु विश्वास थियो हाम्लाई पक्कै पनि खुल्नेछन रातहरु तर हिजो पनि उस्तै आज पनि उस्तै भोली पनि उस्तै संधैंभरी उस्तै उस्तै आषाको दियो बालेर कुर्नेहरु मुक्तिको सपना साँचेर हिड्नेहरु हुने भैयो हेरेको हेरै फेरी आए थोत्रा चप्पल पट्काउदै उनै हिजो पनि उस्तै आज पनि उस्तै भोली पनि उस्तै संधैंभरी उस्तै उस्तै निराश नहुनु साथी घाम डुबेनी आउने छ विहानी हतोस्साही नहुनु साथी अँठ्याउनेछौं हामी भ्रान्तिको घाँटी उदाउने छ फेरी मुक्तीको रोशनी हिजो पनि उस्तै आज पनि उस्तै भोली पनि उस्तै संधैंभरी उस्तै उस्तै