संघीयता कार्यान्वयनमा सुडान र नाइजेरिया लगायत अन्य थुप्रै देश गएका थिए,तर त्यहाँ संघियता सफल हुन सकेनन।प्रजातान्त्रिक विकेन्द्रिकरणको आधारमा स्थानीय निकायलाई प्रसश्त अधिकार दिनुपर्छ भन्ने पक्षमा राष्ट्रिय जनमोर्चा रहेको तर नेपाल जस्तो देशमा संघिय प्रणाली अव्यवहारिक रहेको र मुलुकले धान्न नसक्ने जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा कुराकानी गर्दैं बताए।
संघीयताको कारणले क्षेत्रीय,जातिय र भाषिक किचलो बढेको र संघियताको आवरणमा दुई नम्बर प्रदेशलाई पहाडबाट अलग्याइयो र संघीयताकै आवरणमा हिन्दि भाषामा समेत सपथ खाएको र भोली अंग्रेजी,जापानीज र चाइनीज भाषामा सपथ खान पाउनुपर्छ भन्ने दिन आउने केसीको भनाई छ।
एकात्मक प्रणालीमा राज्य चल्नुपर्छ भन्ने आफ्नो भनाई नरहेको तर प्रजातान्त्रिक विकेन्द्रीकरण सहितको स्थानीय निकायलाई अहिले दिइएको अधिकार ठिक छ। तर संघीयता मुलुकले नधान्ने र संघियता शुरु भएर पछाडि फर्केका थुप्रै मुलुकहरु रहेको केसीले बताए।
नेपालमा जोसुकै प्रधानमन्त्री र राष्ट्रपति भएपनी ओहदाको प्रमाणपत्र बुझाउन दिल्ली नै जानपर्ने र अहिलेपनी मुलुक पूर्ण स्वतन्त्र छैन भन्ने केसीको बुझाई छ। यसलाई केसीले नेपालको बिडम्बना भएको बताए।
ठेकेदार, निर्माण ब्यबसायी र तस्करहरुको सहयोग बिना चुनाब जित्न सजिलो नहुने र पैसा बाड्न नसकेर आफ्नो पार्टीले चुनाब नजितेको केसीले गुनासो गरे।