मूल प्रवाहको गतिविधि

0
453

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाउा नगर समिति अन्तर्गत इन्डष्ट्रियल एरिया समितिद्वारा सञ्चालित घाटगाउाको बार्षिक भेला सम्पन्न भएको छ । बुद्धि गुरुङको अध्यक्षता र गर्नु भएको थियो भने सन्चालन साङ कुमारले गर्नु भएको थियो । भिम गुरुङको स्वागत मन्तब्य पश्चात भेलाको उद्घाटन क्षेत्रीय समितिका कमल रायमाझीले गर्नुभएको थियो ।
भेलाले बुद्धि गुरुङको ध्यक्षतामा नयाा समिति चयन गरेको छ । जसमा: सचिव– साङ कुमार, कोषाध्यक्ष– धन गुरुङ, सदस्यहरुमा: भिम गुरुङ र मिलन गुरुङ रहनु भएको छ ।

त्यसैगरी नगर समिति गुडगाउाद्वारा सञ्चालित इन्डष्ट्रियल एरिया समिति अन्तर गत कन्है गाउामा भेला समपन्न भएको छ । उक्त भेलामा एरिया समितिका अध्यक्ष दल बहादुर जिसीले एकता समाजको महत्व र भुमिका बारे स्पष्ट पार्नु भएको थियो भने पश्चिमोत्तर क्षेत्रीय समितिबाट कमल रायमाझीले नयाा समितिलाई शुभकामना दिनुभएको थियो । एरिया समितिका दिल बहादुर बिकको पहलमा टोल समिति गठन गरिएको छ । अध्यक्ष– दिल बहादुर सुनार, सचिव– बाबुराम बिक, कोषाध्यक्ष– बिष्णु विक, सदस्यहरुमा: बल बहादुर सुनार, सन्तोष विक, नारायण विक र बिक्रम विक रहनुभएको छ ।

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समिति अन्तर्गत आई.एम.टी. मानेश्वर इन्डष्ट्रीज एरिया अलियारमा कार्यरत श्रमजिवी नेपालीहरु बीच केन्द्रीय सदस्य नारायण शर्मा, निमराना नगर समितिका रोम पुन, भिवाडी नगर समितिका किशोर राईको उपस्थिति तथा डम्मर भण्डारीको पहलकदमीमा मानेश्वर एरिया समिति गठन गरिएको छ ।

जसमा: अध्यक्ष– डम्मर भण्डारी, उपाध्यक्ष– प्रेम सिंह कुावर, सचिव– डम्मरसिंह एैर, सहसचिव– सञ्जु विक, कोषाध्यक्ष– जितसिंह भाट, सदस्यहरुमा: हरिसिंह गोयल, गोविन्द भाट, अक्कल बहादुर विष्ट र अमरसिंह कार्की रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here