– आविष्कार कला
नारीचेली असुरक्षित किन हाम्रो देशमा
अपहरण, हत्या हुन्छन् नयाँ नयाँ भेषमा ।
यति सानो देशमा तीन तहको कानुन
प्रतिनिधि नबन है शासक समान ।
हाम्रो सानो देशलाई किन ग¥यौ प्लटिङ
त्यही प्लटिङ चलाउन विदेशीको ऋण ।
करको दायर फराकिलो नयाँ नयाँ क्षेत्र झन्
सङ्घीयताको उपहार भनी दुखिरा’छ मन ।
अन्याय र अत्याचार महङ्गी घटाऊ
समुन्नत देशका लागि पाईला बढाऊ ।
समुन्नत देशका लागि अग्रगामी बनाऊ सोच
कामका लागि युवा विदेश जानु नपरोस् ।
उद्योग र कलकारखाना किन देशमा चल्दैन
युवाहरू विदेसिए देश बन्दैन ।
लाखौ“ युवा विदेश पठाई पसिना पोखाउने
कहिलेसम्म रेमिट्यान्सले देश चलाउने ।
कृषि अनि जडिबुटी प्रसोधन र उत्पादन
खानि अनि उद्योगमा नि देउ सरकार ध्यान ।
जनता सबै राज्यका सबै जिम्मा सरकारको
सबैतिर निजीकरण कहिले हट्ने हो ।
काम गरौ देशकै लागि यही हाम्रो चाहना
विकसित देश बनोस् यही छ कामना ।
मल्लरानी–३ (प्युठान)