काठमाडौं । केन्द्रीय अस्पतालले दिँदै आएको चिकित्सकीय सेवा विस्तार गर्दै जाने स्वास्थ्य मन्त्रालयको नीति अनुसार वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट गत असोज २४ गतेदेखि आफ्नो सेवा थालनी गरेको छ । बहिरङ्ग स्वास्थ्य सेवा (ओ.पी.डी.) बाट सेवा सुरु गरेको अस्पतालले क्रमश: शल्यक्रिया सेवा दिादै जाने जनाएको छ ।
अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले सो स्थानमा नाम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृत समेत दिएको जानकारी दिए । ओ.पी.डी. सेवा बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन भइराखेको उनले जानकारी दिए । थप उपचार गर्नु परेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्था अस्पतालले मिलाएको छ ।
स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा भौतिक संरचना गर्न करिब ५७० रोपनी जमिन उपलब्ध गराएको थियो । निर्देशक प्रा.डा. बस्नेतले भने ‘ओ.पी.डी. सेवा प्रदान गर्न आवश्यक मेडिकल अधिकृत, नर्स, अहेब सहित आवश्यक कर्मचारीको व्यवस्था मिलाएका छौँ । आवश्यकता अनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा उपकरणको व्यवस्था मिलाउादै जान्छौँ ।’
पछिल्लो समय स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता राखेको छ । सो स्थानमा भौतिक संरचना लगायतका कामको सुरुवात गर्न मन्त्रालयले न्याम्सको गुरुयोजना अनुसार ३० करोड रकम विनियोजन समेत गरेको छ ।