निजी आवास पुनर्निर्माणको काम यसै वर्ष सकिने

0
191

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । २०७५ मङ्सिर ४ गते सङ्घीय संसद विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएपछि उनले सञ्चारकर्मी माझ चालु आर्थिक वर्षभित्र मूलभूत रूपमा सम्पन्न हुनेगरी निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे ।

प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बााकी कामलाई पनि तीव्रता दिइएको पनि जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाइ हुन सक्ने पनि उल्लेख गरे ।

प्राधिकरणले अब बाकी रहेको दुई वर्ष तीन महिनाभित्र सम्पदा सहितको पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने दावी पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि दिइएको पााच वर्षको समयमध्ये अब दुई वर्ष तीन महिना बााकी रहेको उल्लेख गर्दै सो समयभित्र पुनर्निर्माणको सबै काम सम्पन्न गर्ने बताए ।

उनले पुरातात्विक महफ्वको सम्पदाहरु धरहरा, रानी पोखरी, काष्ठमण्डप निर्माणको कामलाई तीव्रता दिइएको पनि जानकारी दिए । प्राधिकरणले पुनर्निर्माणको कामलाई तीव्रता दिन स्थानीय तहलाई नै गुनासो तत्काल सम्बोधन गर्ने प्रावधान सहितको कार्यविधि पनि पारित गरेको छ । त्यसैगरी, पुनर्निर्माणको लागि प्राविधिकहरुको कमी हुन नदिन त्यसको उचित व्यवस्था पनि गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here